ट्रेंडिंग:

>> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै

आगन्तुक चराको बासस्थान सुरक्षित गर्नुपर्नेमा विज्ञको जोड

२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

दाङ, २९ साउन ।

नेपाल पंक्षी संरक्षण संघको आयोजनामा दाङमा भएको छलफलमा सरोकारवालाले चरा संरक्षण सबैको दायित्व भएको बताएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवारले चराहरूले कृषि प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले तिनको संरक्षण अनिवार्य रहेको बताए । प्रदेश सरकारले चरा संरक्षणका लागि बजेट विनियोजन गरिसकेको बताउदैँ दुर्लभ प्रजातिका चराहरूको अस्तित्व जोगाउन स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।

विज्ञ आनन्द चौधरीले नेपालमा आगन्तुक चराहरूको संख्या उल्लेख्य रहेको जानकारी दिँदै तिनका लागि उपयुक्त बासस्थानको व्यवस्था गर्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तन, बासस्थान विनाश र अव्यवस्थित पूर्वाधार विकासका कारण चराहरू संकटमा परेको प्रष्ट पारे ।

उनले भने, “चरा खतराको सूचक मात्र होइन, अवसर पनि हुन् ।  तिनीहरू जाडो छल्न र प्रजननका लागि हजारौं किलोमिटरको यात्रा गर्छन् । यसक्रममा तिनीहरूले हिमाल, मरुभूमि र समुद्रजस्ता चुनौतीपूर्ण मार्ग पार गर्छन् ।” चौधरीले चरा संरक्षणमा वैज्ञानिक अनुसन्धान, नीतिगत सहकार्य र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

संघका परियोजना अधिकृत भुपाल नेपालीले दाङको देउखुरी क्षेत्रका चराहरूको संरक्षणका लागि सञ्चालित १० महिने परियोजनाबारे जानकारी दिँदै, स्थानीय तहदेखि सर्वसाधारणसम्मलाई संलग्न गराएर चरा संरक्षणका उपायहरू कार्यान्वयन भइरहेको बताए ।

वन अधिकृत महेन्द्रराज वाग्ले, प्रदेश वन निर्देशक प्रभात सापकोटा र सचिव प्रमोद भट्टराईले चराको वासस्थान र जैविक विविधताको सुरक्षा आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, समुदाय र सरकारबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

पर्यावरणीय दिगो बिकासका प्रमुख डिल्लीबहादुर रावतले गिद्धजस्ता संकटग्रस्त प्रजातिहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । उनले हाइटेन्सन तारका कारण चराहरूमा समस्या बढेको भन्दै वैकल्पिक उपायहरूमा सोच्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?