ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्शरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

जापानीज इन्सेफ्लाइटिसको जोखिम 

२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

डेंगु सङ्क्रमण फैलिरहेको बेला जापानीज इन्सेफ्लाइटिसको जोखिम समेत बढिरहेको छ । स्वास्थ्य सेवा विभागले बालबालिकाहरूमा जापानीज इन्सेफ्लाइटिस बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर ६० जना बढीमा जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिसकेको छ ।

अहिलेसम्म कसैको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छैन तर जोखिम बढिरहेकोले सावधानी अपनाउनु हरेक नागरिकको कर्तव्य हो । विश्वकै तथ्याङ्क हेर्ने हो भने विश्वभर प्रत्येक वर्ष ५० हजार भन्दा बढी जापानीज इन्सेफलाइटिसबाट संक्रमित हुने गरेको अवस्था छ । जसमध्ये १० देखि १५ हजार संक्रमितको ज्यान समेत जाने गरेको छ । संक्रमणबाट संक्रमित लगभग ७० प्रतिशत मानिसमा स्नायु सम्बन्धी समस्या विकास गर्ने जोखिममा हुन सक्छन् ।

तथ्याङ्कमा आएको भन्दा बढी यसको वास्तविक संख्या दोब्बर हुनसक्ने अनुमान विज्ञहरूको छ । नेपालमा त यो रोगले बेलाबेलामा महामारीकै रूप लिने गरेको छ । तसर्थ अव जापानीज इन्सेफ्लाइटिसबाट सतर्कता अपनाउन ढिलाई नगरौं । लक्षण देखिएपछि निको नहुन सक्छ र निको भएपनि बिरामी शारीरिक र मानिसिक रूपले अशक्त हुनसक्ने भएकोले जोखिम निम्त्याउनु भन्दा रोगबाट बच्नु नै उत्तम हुन्छ ।

तसर्थ प्रत्येक नागरिकले सावधानी अपनाउनु जरूरी छ । जापानीज इन्सेफलाइटिस भन्ने भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । जुन सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ ।

त्यसैपनि अहिले बर्षायामको मौसम छ । यही बेला देशैभरी संक्रामक रोगहरू बढी देखिन्छन् । यो समय बढी जीवाणुहरू आद्र्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ । पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैन । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ ।

सङ्क्रमण भएको जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्ने जोखिम हुन्छ । सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढी देखिने गरेको छ । यो ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फूल पार्ने समय भएकाले सङ्क्रमणको उच्च जोखिम छ ।

लामखुट्टेले सुगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्दछ र सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग लाग्छ । तसर्थ घर वरिपरी सुगुर र हाँस छ भने सतर्कता अपनाउनु आवश्यक हुन्छ । बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यस रोगका लक्षण हुन् ।

विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।

जापानीज इन्सेफ्लाइटिस देखिने क्रम बढ्न थालेपछि यसले नेपालमा चुनौति निम्त्याएको छ । यसलाई सामान्यरूपमा लिए त्यसले भयावह अवस्था निम्त्याउन सक्छ भन्नेतर्फ पूर्व सतर्कता आवश्यक छ । खासगरी बर्षाको सेरोफेरो र दशैं तिहारजस्ता पर्वको आगमनकै पूर्व सन्ध्यामा यसको जोखिम बढि हुने देखिएकोले बर्षाको मौसममा लामखुट्टेबाट जोगिनेतर्फ ध्यान दिनु आवश्यक छ ।

यो बिषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गंभीर बन्नु जरुरी छ । त्यसैपनि अहिले डेंगीको जोखिम छ । त्यसमाथि जापानीज इन्सेफ्लाइटिसको चुनौति थपिएको अवस्थामा हरेक नागरिक स्वास्थ्यप्रति सचेत हुनु जरूरी छ ।

नेपालमा जापानीज इन्सेफ्लाइटिसको जोखिम बढिरहेकोले चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरिसकेका छन । अहिले पानी पर्नेक्रम समेत बढेकोले लामखुट्टेको प्रकोप बढिरहेको अवस्था छ । तसर्थ बेलैमा सावधानी अपनाएर रोगको जोखिमबाट बच्नु सवैभन्दा ठूलो बुद्धिमानी हुनेछ । जापानीज इन्सेफ्लाइटिसबाट साना बालबच्चा बढी प्रभावित देखिएका छन ।

जापानीज इन्सेफ्लाइटिसको खोप समेत उपलब्ध छ । सरकारले बालबालिकालाई यसको खोप समेत दिएको छ । तरपनि जोखिम बढिरहेको देखिएकोले समयमै सतर्कताको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?