ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

महिला उद्यमी महासंघको  लुम्बिनी प्रदेश तथा कोहलपुरमा नयाँ नेतृत्व चयन

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार
नेपालगञ्ज , २८ साउन ।
महिला उद्यमी महासंघ नेपालले तीनै तहमा आफ्नो संरचना विस्तार अभियानलाई तीव्र पारेको छ। महिला उद्यमीको क्षमता अभिवृद्धि र नेतृत्व विकासलाई थप सुदृढ बनाउन संघियताको मर्मानुसार संरचना विस्तार गर्न लागेको हो ।
यसै अभियानअन्तर्गत महासंघले बुधबार लुम्बिनी प्रदेश र कोहलपुर नगर समितिको गठन गर्दै नयाँ नेतृत्वको जिम्मेवारी सुम्पेको छ। लुम्बिनी प्रदेश समितिको अध्यक्षमा बाँकेकी महिला उद्यमी सरस्वती शर्मा पराजुली चयन भएकीछिन् ।
उनको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । उपाध्यक्षमा पाल्पाकी सुनिता चन्द राना, सचिवमा रुपन्देहीकी अनिता खड्का, कोषाध्यक्षमा बाँकेकी अन्जु गुरुङ रहेका छन् । त्यस्तै सदस्यमा दाङकी यशोदा पाण्डे, कपिलवस्तुकी कल्पना कुँवर, बर्दियाकी उमा पन्त क्षेत्री, रोल्पाकी हिरा घले गुरुङ र गुल्मीकी निर्मला खत्री चयन भएका छन् ।
महासंघले यसअघि नै कोसी र कर्णाली प्रदेशमा समिति गठन गरिसकेको छ भने अब बाँकी प्रदेशहरूमा पनि क्रमशः संरचना विस्तार गर्ने तयारी भइरहेको जनाएको छ । नेपालगञ्जमा आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेशसँगै कोहलपुर नगर समितिको पनि विस्तार गरिएको हो ।
कोहलपुर नगर समितिमा शारदा शर्मा, शान्ति गैरे, कल्पना शर्मा, राधा गौतम, शारदा थापा खतिवडा, रिता चन्द योगी, गिता बिक, दुर्गा बस्नेत, ओकि आलेमगर र सुष्मा घर्तिमगर सदस्यका रूपमा रहेका छन् । तदर्थ समितिमा चाँडै पदीय जिम्मेवारीको बाँडफाँड गरिने बताइएको छ । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराउँदै महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले, संगठनलाई स्थानीय तहदेखि केन्द्रसम्म बलियो र सक्षम रूपमा पु¥याउने लक्ष्यसहित अभियान अघि बढाएको बताईन् ।
“हामीले प्रदेशस्तरमा गठन सुरु गरिसकेका छौँ,” अध्यक्ष ज्ञवालीले भनिन्, “अब स्थानीय, प्रदेश हुँदै केन्द्रीय तहसम्म महिला उद्यमीको सशक्त संगठन बनाउन हाम्रो यात्रा जारी रहनेछ।” २३ वर्षको इतिहास बोकेको महिला उद्यमी महासंघ नेपाल, मुलुकभर महिला उद्यमीको पहिचान, अवसर र नेतृत्व क्षमतालाई अझ उचाइमा पुर्याउने संकल्पका साथ यो अभियानमा जुटेको संघले जनाएको छ ।
कोहलपुर निवासी महिला उद्यमी अञ्जना पाण्डेको अध्यक्षतामा भएको विशेष समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट लगायतका बाँकेका विभिन्न उद्योगी ब्यवसायीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?