ट्रेंडिंग:

>> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै

बेचिएका नागरिकलाई स्वदेश फर्काएर आत्मनिर्भर बनाउनु पर्छ – मन्त्री तिमिल्सिना

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार

बुटवल, २७ साउन ।

रुपन्देहीको तिलोत्तमामा आयोजित मानव बेचबिखन विरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मानव बेचबिखन जस्तो संवेदनशील विषयमा जनप्रतिनिधिहरू स्वयं सचेत र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

उनका अनुसार कतिपय अवस्थामा राजनीतिक संरक्षण र जनप्रतिनिधिकै संलग्नताका कारण यस्ता आपराधिक क्रियाकलाप बढ्ने गरेको देखिन्छ। उनले भने, “यसको निगरानी गर्ने जिम्मा नागरिकको पनि हो। सचेत नागरिकहरूले राज्यलाई निरन्तर घचघच्याउँदै जनप्रतिनिधिलाई समेत खवरदारी गर्नुपर्छ।” लुम्बिनी प्रदेशमा धेरै नाका खुला हुनु सुरक्षा चुनौतीको प्रमुख कारण भएको उल्लेख गर्दै उनले बेचिएका नागरिकलाई स्वदेश फर्काएर आत्मनिर्भर बनाउने दीर्घकालीन योजना ल्याउन आवश्यक रहेको बताए।

मन्त्री तिमिल्सिनाले मानवरक्षा राज्यको दायित्व भएको पुनः स्मरण गराउँदै, मानव बेचबिखन नियन्त्रणका लागि प्रदेशस्तरीय समन्वयमा आफू सधैं सहकार्य गर्न प्रतिबद्ध रहने बताए।

राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त डा. लिली थापाले मानव बेचबिखनसम्बन्धी कार्यसमिक्षा नगर्ने सरकारी प्रवृत्ति र गुमनामीपनका कारण समस्या थपिएको टिप्पणी गरिन्। उनले चेतावनी दिँदै भनिन्, “यदि तत्काल प्रभावकारी कदम चालिएन भने केही वर्षमा नेपाल मानव बेचबिखन गर्ने देशको रूपमा दर्ज हुन सक्छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि गम्भीर रूपमा बिगार्नेछ।” उनका अनुसार यस्ता अपराध रोक्न आर्थिक उपार्जन हुने दीर्घकालीन योजना ल्याई तीनै तहका सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्न आवश्यक छ।

यसैगरी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोपराज शर्माले लुम्बिनी प्रदेशको आर्थिक हबका रूपमा विकास भइरहेको रुपन्देहीमा जनसंख्या चाप उच्च हुनु, मानिसहरूको आवतजावत बढ्नु, खुला सीमा र बढी जनघनत्वका कारण मानवअधिकार संरक्षणमा थप चुनौती रहेको बताए।

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनीका अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, तथा लुम्बिनी प्रदेशभर मानव बेचबिखन क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा समूहगत छलफलमार्फत राष्ट्रिय प्रतिवेदन तयारीका लागि सुझाव संकलन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?