ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

सेयर बजार २८ सयभन्दा तल, कारोबार रकम ६ अर्बमै सीमित

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार

काठमाडौं, २७ साउन ।

साताको दोस्रो दिन मंगलबार सेयर बजारमा पुनः गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २६.२२ अंकले घट्दै २७९६ विन्दुमा झरेको हो । योसँगै नेप्से सूचक फेरि २८ सयको मनोवैज्ञानिक सीमाभन्दा तल पुगेको छ ।

बजार खुल्दाको पहिलो १५ मिनेट केही स्थिर देखिए पनि त्यसपछि लगातार रातो अंकमा कारोबार भइरहेको देखियो । कुल २५० भन्दा बढी कम्पनीमध्ये आज २२५ कम्पनीको मूल्य घटेको छ भने २४ कम्पनीको मात्र मूल्य बढेको छ । एउटा कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो दिन १० अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज त्यसको तुलनामा निकै कम, ६ अर्ब ९१ करोडमा सीमित रह्यो ।

उद्योग समूहतर्फ हेर्दा होटल तथा पर्यटन बाहेक सबै सूचकहरूमा गिरावट आएको छ । होटल तथा पर्यटन समूह १.३२ प्रतिशतले बढेको हो भने बाँकी बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापारलगायतका समूह ०.६२ प्रतिशतदेखि १.५३ प्रतिशतसम्म घटेका छन् ।

आज सिटी होटलको मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेपछि मूल्य समायोजन भई वृद्धि भएको हो। यस्तै समाज लघुवित्तको मूल्य ४.३४ र कालिका पावरको मूल्य २.३७ प्रतिशतले बढेको छ ।

सिक्लेस हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले घटेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्त ८ प्रतिशत, लक्ष्मी लघुवित्त ६.१४ प्रतिशतले घटेका छन् ।

धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट र बुटवल पावर रहेका छन् । बजारमा व्यापक गिरावटसँगै लगानीकर्ता पुनः सतर्क देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?