ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

नहोस् युवा विनाको युवा दिवस 

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार
भविष्यको सुन्दर सपना देख्दै विदेश मोहमा हरेक दिन त्रिभुवन विमानस्थलमा युवाहरूको लाइन बढिरहेको छ । यो क्रम हरेक दिन थपिँदै गएको छ । संयोग आज विश्व युवा दिवस नेपालमा पनि मनाईदै छ ।
नेपालमा यो दिवस मनाउँदै गर्दा युवाहरू भने नेपालमा रोजगारीको अवसर नपाउँदा विदेशी भूमिमा अवसर खोज्न दौडिरहेका छन् । युवाहरूमा विदेश मोह रहरभन्दा पनि बाध्यता बनिरहेको छ । पछिल्लो समय यस्तो लाग्छ पूरै देश बाहिरिइरहेको छ ।
त्यसमा पनि युवाहरूमा देखिएको छटपटीले विदेशको आकर्षण कति छ भन्ने चरितार्थ गरिरहेको छ । विदेश जानेहरूका आँखामा सिङ्गो देशको अवस्था बोलिरहेको भान हुन्छ । अर्थात् नेपालमा युवाले सोचेजस्तो अवसर छैन ।
जसका कारण हरेक युवाको गन्तव्य विदेश बनिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल ६५ लाखभन्दा बढी नेपालीले विदेशलाई गन्तव्य बनाएका छन् । २०६५ सालदेखि २०८२ को असार मसान्तसम्ममा नेपालबाट ८९ लाख ७५ हजार २६६ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागको अभिलेखबाट देखिन्छ ।
यसले के देखाउँछ भने नेपालीहरू रोजगारीको खोजीमा बिदेसिने क्रम रोकिने अवस्था छैन । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति पुन श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गए । कोरोना महामारीको समय निकै कम भएको वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको दर त्यसयता हरेक वर्ष बढ्दो छ ।
पछिल्लो पाँच वर्ष २०७७ को असारदेखि २०८२ को असार मसान्तसम्ममा ६० लाख ४८ हजार ६७८ नेपाली रोजगारीका लागि विभिन्न मुलुकमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । वास्तवमा यो भयावह अवस्था हो ।
नेताहरू अब नेपालमै बस्नुपर्छ । नेपालमै अवसर खोजी गर्नुपर्छ भन्छन् तर कहाँ छ रोजगारीको अवसर ? नेपालमा के गरेर बस्ने ? एउटा उद्योग खोल्न एक वर्ष चक्कर काट्नुपर्दछ । सानो किसान परिवारले कृषि फर्म खोल्न ऋण माग्न जाँदा सरकारी बैङ्कका कर्मचारीलाई दक्षिणा नदिईकन कामै बन्दैन ।
एउटा उद्योगले वर्षमा १० पटक सरकारी कार्यालयमा कर तिर्नुपर्ने अवस्था छ । नेपालमा रोजगारी गर्ने र अवसरको खोजी गर्ने भन्दा पनि बिदेसिने क्रम बढ्नुको एउटा कारण यो पनि हो । युवालाई रोक्ने नारामा होइन, अवसरले हो ।
नेपालमै प्रशस्त अवसर हुने हो भने विदेश रहर कोही कसैको लागि प्रिय होइन । युवा दिवसको अवसरमा हरेक वर्ष युवालाई रोजगारी र अवसरसँग जोड्ने कुरा उठ्ने गर्दछ । दिवस मनाउँदै गर्दा युवालाई अवसर र नेतृत्व दिने कुरा अव बहसमा मात्रै होइन कार्यान्वयनमा नै आउनु जरुरी छ ।
त्यसो त नेपालमा युवालाई राजनीतिक अवसर र पहुँच दिने सवालमा अझै पनि आनाकानी हुने गरेको छ । युवालाई राजनीतिदेखि रोजगारी, उद्यम, कृषि सवैतिर बाटो छेक्ने काम भइरहेको छ । लाखौँ युवा अझै पनि अवसरबाट वञ्चित छन् । उनीहरू शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढै छन् । तिनलाई सही दिशामा अघि बढाउने सवालमा अझै पनि ठोस योजना छैन ।
निश्चित रूपमा पछिल्लो समय युवाहरूमा चेतनाको विकास भइरहेको छ । यो खुसीको कुरा हो । आर्थिक रूपमा सम्पन्न युवाहरू राजनीतिसँग जोडिने क्रम बढिरहेको छ । ढिलो चाँडो कुरा मात्रै हो– अबको भविष्य युवाकै काँधमा छ ।
अव देशका लागि युवाहरूको निर्णायक नेतृत्व आवश्यक छ । देश विकासमा उनीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् तर विडम्बना अहिलेसम्म उनीहरूलाई अवसर दिने कुरा कता कता धुमिल भइरहेको छ । अबको दिनमा युवालाई नेतृत्वको अवसर दिन ढिलाइ गर्नु हुँदैन । विश्व युवा दिवसको अवसरमा युवाहरूमा पनि त्यो शक्ति जागोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?