ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नेपालगन्ज नजिकको धार्मिक–पर्यटन गन्तव्य:  सन्तानेश्वरको आकर्षण बढ्दो

२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार

नेपालगन्ज, २६ साउन ।

बाँकेको नरैनपुर गाउँपालिकामा पर्ने चुरे पहाडमा अवस्थित सन्तनेश्वर मन्दिरमा दिन प्रतिदिन भक्तजनहरूको उपस्थिति बढ्दै गएको छ । करिब ४ वर्षदेखि चर्चामा आएको यो मन्दिरमा अहिले विशेष गरी हाइकिङ गर्नेहरू, शिवभक्त महिला र धार्मिक पर्यटकहरूको उल्लेख्य उपस्थित देखिएको हो ।

हरियो साउनमा विशेष गरी सोमवारको दिन शिवभक्त महिलाको यहाँ अत्यधिक भीड लाग्ने गर्दछ । साउन महिनामा मात्र होइन, वर्षभरि नै नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजनको आवागमन हुने गर्छ । नरैनापुर ६ का वडा अध्यक्ष प्रेम चन्द्र मौर्यका अनुसार सोमवार र शनिवार बढी भक्तजनहरू आउने गरेका छन् ।

वडा अध्यक्ष मौर्य भन्छन्, ‘‘साउनको प्रत्येक सोमवार दुई हजार बढी भक्तजनहरू हुन्छन्, आज अन्तिम सोमवार दोब्र बढी भिड देखिएको छ ।’’ नेपालगन्जदेखि पूर्व हुलाकी सडक हुँदै २५ किलोमिटरको यात्रा पार गरेपछि नरैनापुर पुगिन्छ । त्यहाँबाट करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो मोटरसाइकलमा पार गर्नुपर्छ, अनि दुई किलोमिटर उकालो पैदल यात्रा गरेपछि सन्तानेश्वर महादेव मन्दिरमा पुगिन्छ ।

सोही चुरे पहाडको टाकुरोमा यसअघि  विसं. १९३५ मै झन्डा गाडिएको बताई एपनि २०७० सालमा मात्र मन्दिर स्थापना गरेको मन्दिरका पुजारी बताउँछन् । यस मन्दिरमा पुग्दा श्रद्धा र प्राकृतिक सौन्दर्य दुवैको अनुभूति हुन्छ । मन्दिरको संरक्षणमा सक्रिय बाबा योगानन्द गिरी भन्छन्, “सन्तानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि भाकल गर्नेहरू सफल हुने धार्मिक विश्वास छ ।

यहाँ ‘ओम आकार’को पहाडमुनिबाट गङ्गा, जमुना र सरस्वती प्रवाहित भएको मान्यता छ, जसले यसलाई पुण्य भूमिको दर्जा दिएको छ ।” गिरीका अनुसार पूर्व, पश्चिम र दक्षिण दिशाबाट तीन धाराहरू प्रवाहित हुने हुँदा मन्दिरको आध्यात्मिक महत्त्व अझ बढेको छ । उनका अनुसार बर्सेनि भक्तजनको चाप बढिरहेको छ, तर पूर्वाधारको अभावले समस्या पनि उत्तिकै छ ।

हाल प्रदेश सरकारको सहयोगमा मन्दिर परिसरमा सौर्य बत्तीको व्यवस्था गरिएको छ भने अन्य आधारभूत पूर्वाधार निर्माणको कार्य पनि क्रमशः अघि बढिरहेको छ । आश्रम, विश्राम स्थल, खानेपानी, र सडक पहुँच अझै व्यवस्थित नहुँदा दर्शनार्थीले केही कठिनाइ खेप्नुपरेको गिरी बताउँछन् ।

नेपालगन्जबाट पुगेकी दर्शनार्थी जमुना बुढा भन्छिन्, “चुरे हाइकिङसँगै पहाडको चुचुरोमा रहेको मन्दिर दर्शन गर्नु एक अनुपम अनुभव हो । तर यहाँको बाटो अझ सहज भए अझ धेरै श्रद्धालु र पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।”

कोहला गाउँबाट अढाई घण्टाको जङ्गल र पहाडी बाटो छिचोल्दै मानिसहरू मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । छिमेकी जिल्ला बर्दियाका स्थानीय बासिन्दाहरु समेत सन्तानेश्वर मन्दिरमा गएपछि मात्र पहिलो पटक पहाड चढ्न पाएको अनुभव सुनाउँछन् ।

बर्दिया गुलरियाका शङ्कर यादव भन्छन्, ‘‘तराईमा पनि यति ठुलो पहाड चढ्ने अवसर मिल्यो, साथै पहाडको चुचुरोमा पुगेर मन्दिर दर्शन गर्न पाइयो ।’’ सार्वजनिक बिदाका दिन मन्दिरमा भक्तजनको भीड अत्यधिक हुने गर्छ । शान्त वातावरण, हरियाली र आस्थाको सङ्गम भएको यस ठाउँलाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न सके यसले आर्थिक, सांस्कृतिक र आध्यात्मिक मूल्य थप्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?