© २०२३
सुर्खेत, २६ साउन ।
जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज एम्बुलेन्स दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।उक्त एम्बुलेन्सका चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चुनाराको घटनास्थलमा मै मृत्यु भएको हो ।
उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी हरिराम डाँगीले जानकारी दिए ।