ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

‘अस्तित्व रक्षाका लागि एकताको खाँचो’

२५ श्रावण २०८२, आइतबार
२५ श्रावण २०८२, आइतबार

विश्वमा मानव सभ्यताको विकास आरम्भ भएसँगै बसाइसराइ पनि सुरु भएको इतिहास छ । त्यस क्रममा आफ्नो पहिचान र अस्तित्वलाई स्थापित गर्नु हरेक मानवको मानवीय गुण हो । समयक्रमसंगै बढ्दो बसाइसराइले आदिवासी समुदाय पछाडि प¥यो । विश्वको कूल जनसङ्ख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कूल जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन् ।

चिन्ताको कुरा के छ भने पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ । बढ्दो बसाइसराइ गर्ने आदिवासीहरूको पेसा र पहिचान जहाँबाट स¥यो त्यही छोड्ने परम्परा नै बस्यो । यद्यपि अहिले त्यसमा धेरै परिवर्तन आएको छ ।

आदिवासीहरूको त्यही लोप हुँदै गएको संस्कृति र परम्परा संरक्षण गर्ने भन्दै विश्व आदिवासी दिवस औपचारिक रूपमै मनाउन थालिएको छ । हरेक वर्ष ९ अगस्त अर्थात् विश्व आदिवासी दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो दिवस ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा सहित मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन. १९९३ देखि प्रत्येक वर्षको अगस्त ९ लाई विश्व आदिवासी दिवस मनाउने घोषणा गरिए अनुसार विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस मनाइरहँदा मूल आदिवासीहरू अहिले पनि अपहेलित जीवन बिताउन बाध्य भएका छन् । उनीहरू राज्यका विभिन्न निकायबाट तल पारिएका छन् ।

राज्यका धेरै तहमा उनीहरूको पहुँच पुगेको छैन । सीमान्तकृत जीवन बिताउन बाध्य उनीहरूको पुनरुत्थानका लागि संयुक्त राष्ट्रसङ्घले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ । उनीहरूको जीवन अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय रूपमा चासो व्यक्त भइरहेको बेला सरकारी स्तरबाट पनि विभिन्न योजना र कार्यक्रम सार्वजनिक भइरहेका छन् । खास गरी तल्लो स्तरमा जीवन बिताउन बाध्य आदिवासीको रक्षा अहिलेको महत्त्वपूर्ण सवाल र चुनौती पनि हो ।

आदिवासीहरू अहिले पछाडि परेको भए पनि उनीहरूको इतिहास जीवन्त छ । आदिवासीले नै विश्वको ढुंगे युगको नेतृत्व गरे । त्यो ऐतिहासिक क्षण थियो । त्यसलाई विकसित युगमा रूपान्तरित गर्न आदिवासीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको छ । नेपालको मात्र होइन विश्वका आदिवासीले इतिहास बनाएका छन् । प्राचीन युगको नेतृत्व गर्ने उनीहरू बर्तमानमा पनि नेतृत्वदायी भूमिकामा हुनुपर्ने हो तर समय परिस्थिति त्यो अनुसार चल्ने सकेन् ।

उनीहरूले पनि आफूहरूलाई सोही अनुसारको विकासमा रूपान्तरण र परिवर्तन गर्न सकेनन् । यद्यपि नेपालको अवस्था भने भिन्न छ । नेपालका आदिवासीहरू अधिकांश राज्यको पहुँचभन्दा टाढा छैनन् । उनीहरूले राज्यका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । देशको रक्षामात्रै होइन विदेशको रक्षाको नेतृत्व पनि उनीहरूले गरेका छन । उनीहरूको हैसियत बढेको छ । भारत, बेलायत र सिंगापुर पुलिस तथा सेनामा भर्ती भएर उनीहरूले ती देशको सेवा रक्षा गरेका छन् ।

राष्ट्रियताको सवालमा उनीहरूको योगदान महत्त्वपूर्ण छ । यद्यपी दूर दराजमा बस्ने आदिवासीको अवस्था भने नेपालमा पनि कमजोर छ । नेपालका सीमान्तकृत आदिवासीको जीवनस्तर कमजोर छ । उनीहरूको क्षमता बढाउनेतर्फ सोच्नु जरुरी छ । शिक्षा र स्वास्थ्यमा पहुँच नहुँदा उनीहरूको जीवन परिवर्तन हुन सकेको छैन ।

तरपनि सरकारी तथा गैर सरकारी तहबाट उनीहरूको विकासमा धेरै काम भएको छ । अझै धेरै काम हुन बाँकी छ । अवको दिनमा सीमान्तकृत आदिवासीको राज्यले संरक्षण दिनु जरुरी छ । आदिवासी दिवसको सन्देश पनि त्यही हो ।

अवको दिनमा आफ्नो पहिचानका लागि पुस्तौँदेखि संघर्ष गर्दै आएका आदिवासी समुदायको पहिचानलाई विकासको मूलधारमा जोडनु पर्ने आवश्यकता छ । विश्व आदिवासी दिवस मनाइरहँदा अधिकार, पहिचान र सुरक्षाको सवालमा स्वयं आदिवासी समुदाय एकताबद्ध र सुदृढ भएर लाग्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?