ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

जनै केवल धागो होइन, धर्मको प्रतीक हो – चिनेर लगाऔं

२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

बुटवल, २४ साउन । 

बुटवलका संस्कृत साहित्याचार्य बुद्धिप्रसाद शर्मा पाण्डेयले पवित्र जनै लगाउन आग्रह गरेका छन् । उनले पछिल्लो समयमा पुराना प्रयोग विहीन कपडाहरूलाई प्रशोधन गरेर निकालिएको धागोबाट जनै र रक्षा बन्धनहरू बजारमा आउने भएकाले सचेत रहन आग्रह गरे ।

हामीले प्रयोग गरिरहेका जनै र रक्षा बन्धनहरू जलाउँदा सफा खरानी निस्किएमा शुद्ध जनै र रक्षा बन्धन हो भनेर जनै धारीहरू थाहा पाउनु पर्ने बताए । उनले २०५८ सालदेखि बुटवलमा राधा धागो उद्योगबाट जनै र रक्षा बन्धन उत्पादन गर्दै आएका छन् ।

हामीले प्रयोग गर्ने जने र रक्षा बन्धन शुद्ध नपरेको खण्डमा शरीर चिलाउने विभिन्न प्रकारका घाउहरू आएर समस्या हुने भएकाले सचेत हुनुपर्नेमा पाण्डेयले जोड दिए ।

उनले भगवान् बोलाएर शरीरमा बाँध्ने डोरो र शरीरमा लगाउने जनैलाई हाम्रो धर्म संस्कृतिसँग जोडिने भएकाले पनि यसको महत्त्व धेरैको छ । राधा धागो उद्योगले यो वर्ष १० लाख जनै र रक्षा बन्धन उत्पादन गरेर बजारमा पठाएको छ । यो बाहेक अरू दुई थप उद्योगबाट गरेर ५० लाख धागो उत्पादन गरेको छ ।

यहाँबाट उत्पादन हुने जनैको मूल्य ३ रुपियाँ ४० पैसा, मोटो ३ रुपियाँ ८० पैसा, सेतो ४ रुपियाँ होलसेल मूल्य कायम गरिएको छ । सेतो जनै माग अनुसार तयार गरेर बिक्रीका लागि बजारमा पठाउने गरिन्छ । यो उद्योगमा धागोको काम गर्नेहरूले काम गरे अनुसारको न्यूनतम १० हजार देखि २५ हजार सम्म तलब पाउने गरेको पाण्डेयले जानकारी दिए ।

उनले यहाँबाट उत्पादन हुने जनै र रक्षा बन्धन नेपालको जनैधारी बस्ने सबै स्थानमा र भारतमा सम्म पुग्ने गरेको बताए । यहाँ बत्ती काट्ने देखि जनै र रक्षा बन्धन बनाउने धागो बनाउने गरेर करिब ४ देखि ५ सय सम्मले रोजगारी पाएका छन् ।

धार्मिक परम्परा अनुसार जनै निर्माण गर्दा काँचो सुती धागोलाई ३ सरे गरी बाट्ने र त्यसलाई लेब्य्राउँदा ९ सरे बन्छ त्यसलाई पुन बाट्ने यसरी तैयार गरिएको धागोबाट शस्त्रमा उल्लेख गरिएको विधि अनुसार ५ /५ शिखा पारेर बनाइएको जोडा जनै होर यसलाई लगाउनु पर्छ भन्ने मान्यता रहेको छ ।

नेपालमा जनैधारीहरूको सङ्ख्यालाई आधार मान्ने हो भने करिब २ करोड जनैको माग हुने गरेको पाण्डेयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?