ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बुटवलमा निर्मित जनै विदेशसम्म

२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

समाचार सारांश


  • हरि ॐ पूजा सामग्री उद्योग” बुटवलमा स्थापना गरिएको हो, जुन विशेषगरी जनै  उत्पादनमा केन्द्रित छ।

  • पछिल्लो पाँच वर्षदेखि निरन्तर जनै उत्पादन गर्दै आएको छ।

  • वार्षिक १५ लाखभन्दा बढी जनै उत्पादन हुन्छ, जुन तौलमा झण्डै ५ टन बराबर हुन्छ।


बुटवल, २४ साउन ।

बुटवलमा उत्पादन भएको जनै  नेपालको बजारमा मात्र नभई विदेशमा समेत निर्यात हुन थालेको छ । धर्म संस्कृतिसँगै स्वदेशमा रोजगार सृजना गरी विदेशी जनैको आयात रोक्ने उद्देश्यका साथ ३ जना युवाहरूले उद्योग खोलेका हुन् ।

२५ लाख रुपैयाँको लागतमा हरि ॐ पूजा सामग्री उद्योगले पाँच वर्षदेखि जनै उत्पादन गरिरहेको छ ।  कोभिड–१९ को महामारीले विश्वभर प्रभाव पारेको बेला विदेशमा काम गरिरहेका स्याङ्जाका लोकप्रसाद काफ्ले स्वदेश फर्किए ।

स्याङ्जा स्थायी घर भई बुटवलमा बसोबास गर्ने उनी कोभिडकै कारण कम्पनीबाट बिदामा फर्किएका थिए । घरबाट निस्कन समेत डर लाग्ने अवस्थाबाट ग्रुजिएर केही समयपछि सामान्य बन्दै गयो । साउदी अर्बमा १७ वर्ष डेरी एण्ड फुड बेभरेज कम्पनीमा कार्यरत काफ्लेले कोभिडपछि बुटवलमा स्थायित्व रोजे ।

आफन्त जनार्दन न्यौपाने र सुन्दर भण्डारीसँग नियमित छलफलपछि ‘हरि ॐ पूजा सामग्री उद्योग’ को योजना बनेको हो । पूजा सामग्रीसँग जोडिएकै व्यवसाय गर्दै आएका दुई जनासँग भेटेर उनी यसमा लागे ।

नेपाली बजारमा वार्षिक ठुलो परिणामको माग रहेको जनै स्वदेशमा नै उत्पादन गर्ने विकल्पहरू खोजे । कच्चा पदार्थ कहाँबाट ल्याउने, कसरी व्यवस्थापन गर्ने, मेशिनबारे भारतमा गएर बुझ्नेपछि काम सुरु गरेका थिए ।

उद्योगबाट वार्षिक १५ लाख जनै उत्पादन समेत गर्दै आएको छ । जसको व्यवस्थापकीय र बजारको पाटो काफ्लेले हेर्दै आएका छन् । यो वर्ष जनै पूर्णिमाका लागि १५ लाख जनै बजारमा गइसकेको र अब बाँकी बचेको जनै अभिमन्त्रित गरी वर्षभरि नै बिक्री वितरण गरिने उनले बताए ।

‘भारतमा नै कपास किनेर धागो आफ्नो आवश्यकता अनुसारको तयार गर्छौँ,’– उनले भने ।  सरा र शिखा पूर्ण भएको गुणस्तरीय नेपाली जनै भएको सञ्चालक सुन्दर भण्डारीले दाबी गरे । ‘हातले नै शिखा पारेर जनै तयार गरिन्छ,’ उनले भने ।

बाट्ने काम मेशिन प्रयोग भएको तथा ३ सरा, ९ सरा गरी ५४ सराको जनै भएको उनले बताए । यसबाट गाउँ गाउँमा रोजगार सृजना भएको उनी बताउँछन् । इच्छुकहरू तालिम लिएर घरबाट नै यो उत्पादन गर्ने उनले बताए । तालिम लिई सक्षम भएका गृहिणीहरूको घरमा नै धागो छोडिने उनले बताए । ‘प्रति गोटा अनुसार जनै शिखाको पैसा पाउने गर्छ,’–उनले भने ।

शास्त्रीय विधि परम्परा अनुसार पूर्ण सरा र शिखा भएको जनै, रक्षा बन्धन उत्पादन गरिएको हुँदा छोटो समयमा बजारमा उपभोक्ताको मन जितेको छ । घरमा पूजा, पाठ, दान गर्दा जनै प्रयोग हुने हुँदा वार्षिक ५ करोड आवश्यक हुने अनुमान रहेको उनले बताए ।

विशेष नेपालमा धेरै घरमै आफै उत्पादन र केही उद्योगमा गरी करिब १ करोड जति उत्पादन हुने गरेको छ । बाँकी भने भारतबाट आयात गरिँदै आएको छ । बजारमा यसको मूल्य ५ रुपैयाँ रहेको छ ।  सञ्चालक तथा ज्योतिष जनार्दन न्यौपानेले भारतबाट आउने ठुलो परिणामको जनैलाई रोक्न आफूहरू सफल भएको बताए ।

विगत पाँच वर्षदेखि सुरु भएको यो उद्योगबाट वार्षिक उत्पादन १५ लाख भन्दा धेरै जुन ५ टन हुन आउँछ । अहिले १२५ जनाले रोजगार पाएको उनले बताए । यहाँ उत्पादन भएका जनै नेपालसहित युरोप, अमेरिका, गल्फ देशमा बिक्री हुने गरेको उनले बताए ।

ज्योतिष जनार्दन न्यौपाने ब्रहमा, विष्णु र महेश्वरसँग यसको प्रसङ्ग जोडिएको बताए । यसलाई बह्माले उत्पादन गरेको, शिखा पार्ने र मन्त्रण गर्ने काम शिवजीको विष्णु र गायत्री माता तथा सावित्री माताले अभिमन्त्रण गरेको प्रसङ्ग जोडिएको छ ।

शुद्ध तरिकाले मन्त्रण गरिएको जनै लगाउनाले हामी कुनै पनि शुभ कर्म गर्न अर्था पितृ कर्म गर्नका लागि योग्य हुन्छौँ भन्ने शास्त्रीय मान्यता रहेको छ । विभिन्न समुदायमा आफ्नो परम्परा, विधि विधान अनुसार व्रतबन्ध गरिसकेपछि जनै लगाउने प्रचलन छ ।

जनैले विभिन्न प्रकारका विध्नबाधा, अवरोधहरूबाट मुक्त गराउने र साथसाथै शुभ कर्म लगायत पितृकर्मका लागि योग्य ठहरिने हुँदा जनै धारण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?