ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

दाङमा पहिलोपटक पाठेघर क्यान्सरको परीक्षण सुरु

१८ मंसिर २०७९, आईतवार
१८ मंसिर २०७९, आईतवार

दाङ, १८ मङ्सिर ।

दाङको घोराही उपमहानगरपालिकाले महिलाहरुको प्रजनन् स्वास्थ्यका लागि जिल्लामै पहिलो पटक पाठेघरको मुखको क्यान्सर जाँच अर्थात स्क्रिनिङ सेवा निःशुल्क रुपमा सुरु गरेको छ ।

आइतबार संस्थागत परिवार नियोजन क्लिनिकमा औपचारिक कार्यक्रम गरी यो सेवा सुरु गरिएको हो । वडा नम्बर १४ का वडा अध्यक्ष भानसिंह बुढाको अध्यक्षता तथा नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल निर्देशक रमेश कँडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको हो ।

पाठेघरको मुखको क्यान्सर जाँच सेवा नागरिक स्वस्थ बनाउने अभियान हरेक नागरिक वर्गमा स्वास्थ्य सेवाको पहुँच बिस्तार गरिनु स्थानीय सरकारको नमूना काम भएको वक्ताहरुको भनाई थियो ।

महिलाहरुमा बढ्दो पाठेघर क्यान्सर रोकथाम गर्न र यौन तथा प्रजनन् स्वास्थ्य सेवा हरेक परिवारसम्म पुर्याउन निःशुल्क रुपमा यो सेवा सुरु भएको घोराही उपमहानरपालिकाकी उपप्रमुख हुमा डिसीले जानकारी दिइन् ।

पछिल्लो समय पाठेघर क्यान्सरको जोखिम उच्च हुँदै गएको हुँदा कोहीपनि महिला उपचार अभावमा समस्या झेल्न नपरोस्, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा र सचेतना सहज रुपमा पाउँदै स्वस्थ जीवन बाँच्न सकून भन्ने उद्देश्यसहित यो सेवा निःशुल्क रुपमा सुरु गरेको उपप्रमुख डिसीले बताइन् । ‘महिलाहरुमा अस्वाभाविक रुपमा बढ्दै गएको पाठेघर क्यान्सरको समस्या समाधान गर्न यो अभियान चलाएको हो,’–उनले भनिन्, ‘अब कोही पनि महिला उपचार अभावमा क्यान्सर जस्तो घातक रोगको शिकार हुनुपर्ने छैन, सबै महिलाको निःशुल्क परिक्षणसँगै उपचार हामी गछौँ ।’

‘महिलाको पाठेघरको मुखको क्यान्सर जाँचसहित, यौन तथा प्रजनन स्वास्थ्यका सबै सेवा सुरु भएको छ’ उनले भनिन ‘यसका साथै घोराही उपमहानगरपालिका र वडा नम्बर १४ ले निशुल्क औषधी दिईने व्यवस्था मिलाईएको छ ।

यो अभियान अब हरेक घरघरमा पुर्याउन जरुरी रहेको उनले बताइन् । पाठेघरको मखको क्यान्सर यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारी पाउने भएपछि प्रजनन स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको हुँदा हरेक महिलाले पाठेघरको सुरक्षाका लागि जचाउनुपर्छ भन्ने मान्यताको विकास हुने उपप्रमुख डिसीले बताइन् ।

हाललाई यो सेवा प्रत्येक हप्ताको बिहीबारका दिने गरी तालिका बनाइएको छ । तर, महिलाहरुको समस्या र सेवाग्राहीको चाप बढी भएकामा हप्तामा अरु दिन पनि सेवा दिने योजना रहेको बताइएको छ । स्वस्थ बनाउने यो अभियानले नगरबासी मात्रै नभई सेवा लिन पुग्ने जो कोहीले राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।

घोराही उपमहानगरपालिकाले ६ जना नर्सिंङसहितको जनशक्ति व्यवस्थापन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा दिँदै आएको सेवाबाट नियमित पाठेघरको मुखको क्यान्सर जाँचसँगै अरु प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा दिईने भएकाले शहर बजार तथा दूरदराजका सबै महिलाहरु लाभान्वित हुने भएका छन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान स्वरुप संस्थागत परिवार नियोजन क्लिनिकबाट थालिएको यो सेवामा क्यान्सर पोजिटिभ देखिएका कुनै पनि बिरामीलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समन्वय गर्ने व्यवस्था मिलाईएको छ । यदि जटिल प्रकारका कोही बिरामी भेटिए तत्काल जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था आएमा पनि सम्बन्धित अस्पतालमा सिफारिस गरिने व्यवस्था पनि मिलाइएको संस्थागत परिवार नियोजन क्लिनिकका प्रमुख वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राधा पौडेलले जानकारी दिइन् ।

संस्थागत परिवार नियोजन क्लिनिकबाट यसअघि दिईँदै आएको स्वास्थ्य सेवासँगै अब महिलाहरुको प्रजनन् स्वास्थ्य स्वस्थ बनाउन विशेष भूमिका हुने भएको उनले बताइन् । ‘परिवार नियोजन सेवा, गर्भवती जाँच, बच्चाको नियमित खोप, कोरोना खोप, १० हप्तासम्मको सुरक्षित गर्भपतन सेवालगायत परामर्शसहित उपचार सेवा यहाँ पाउन सकिन्छ,’ उनले भनिन। ‘जुनसुकै ठाउँका महिलालाई यो सेवा निशुल्क दिने व्यवस्था मिलाएको छ ।’

यसरी सहज रुपमा सेवा नपाउँदा महिलाहरुलाई शारीरिक तथा मानसिक समस्या झेल्नुपर्ने बाध्यता थियो । ‘आफ्ना समस्याका बारेमा भन्न नसकेकाहरुले यो ठाउँमा आएर खुल्न थालेका छन् । घरमा आफुले खेपेको हिंसा र दवाव भन्न सक्ने भएका छन्,’ संस्थागत परिवार नियोजन क्लिनिकका प्रमुख वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक पौडेलले भनिन, ‘सहज उपचार पाउन थालेसँगै उपचारमा आउनेहरुले अपनत्व महसुस गरेका छन् । महिलाहरुमा आत्मविश्वास जगाउन तथा दम्पतिका बीचमा प्रजनन् स्वास्थ्यको महत्व बुझाउन पनि सजिलो भएको छ ।’

आईतबार पहिलो दिन घोराहीसहित जिल्लाभरका ५५ जनाभन्दा बढीले यो सेवा लिएका छन् । जसमा ३ जनामा पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको छ । घोराही उपमहानगरपालिकाभित्रका ३३, ३६ र २५ वर्षका महिलाहरुको परीक्षण गर्दा पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक पौडेलले जानकारी दिइन् । आईतबार पहिलो दिन घोराहीसहित जिल्लाभरका ५० जनाभन्दा बढीले यो सेवा लिएका छन् । जसमा ५ जनामा पाठेघरको मुखको क्यान्सर पोजिटिभको आशंका गरिएको छ । घोराही उपमहानगरपालिकाभित्रका वडा नम्बर १२, १४ र १८ का ३३, ३६ र २५ वर्षका महिलाहरुको परीक्षण गर्दा पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक पौडेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?