Butwal Today

कल्याणपुर नगर प्रमुख राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा मुद्दा

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २३ साउन ।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिका वडा नं. ६ मा निर्माण गरिएको नालाको ठेक्कासम्बन्धी भुक्तानी दिने क्रममा साहले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले उनलाई विशेष अदालत, काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले साहलाई बिचौलियामार्फत घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको थियो । थप अनुसन्धानपछि साहले नगरपालिकाको ठेक्का कार्य सम्पन्न भएपछि भुक्तानी दिने सन्दर्भमा सो रकम लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तियार प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम साहविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।  स्थानीय तहमा भइरहेको कथित आर्थिक अनियमितता र भ्रष्टाचारप्रति गम्भीर प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?