© 2026
कञ्चनपुर –
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले अहिलेको राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन्।
शुक्रबार कञ्चनपुरमा सम्पन्न प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठकको उद्घाटन सत्रमा बोल्दै पाण्डेले ओलीको दृढ, स्पष्ट र निडर नेतृत्वले मुलुकलाई कठिन परिस्थितिबाट उकास्न सक्ने विश्वास व्यक्त गरे। उनले भने, “अहिलेको चुनौतीको सामना गर्न सक्षम नेतृत्व ओलीसँग मात्रै छ, त्यसैले उनी विकल्प होइन, आवश्यकता हुन्।”
साथै, पाण्डेले प्रविधि र ‘न्यू मिडिया’ मैत्री पत्रकारितालाई युगको माग बताउँदै, समयसँगै समायोजन हुने, समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने तथा विश्वासपूर्ण सूचना प्रवाह गर्ने पत्रकारितालाई प्रेस चौतारीको मूल लक्ष्यका रूपमा परिभाषित गरे। “नेपाली पत्रकारिताको दिशा–निर्देशन गर्ने क्षमता र योग्यता हामीसँग छ, र यसलाई निरन्तरता दिन चौतारी अग्रसर रहन्छ,” उनले जोड दिए।