ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

दुर्गमका विद्यालयमा स्कूल बस

१८ मंसिर २०७९, आइतबार
१८ मंसिर २०७९, आइतबार

रोल्पा, १८ मंसिर ।

रोल्पाका चार विद्यालयले स्कूल बस संचालनमा ल्याएका छन् । जिल्लाका तीन सामुदायिक र एक संस्थागत गरी चार वटा विद्यालयले स्कूल बस संचालनमा ल्याएका हुन् ।

शिक्षा विकास तथा समन्वय ईकाइ रोल्पाका अनुसार स्कुल बस सञ्चालनमा ल्याउने सामुदायिक विद्यालयहरुमा परिवर्तन गाउँपालिका वडा नं.. ५ मा रहेको नेपाल राष्ट्रिय मावि मौलाबोट रांकोट, रोल्पा नगरपालिका वडा नं. ६ कोटगाउँमा रहेको नेपाल मावि कोटगाउँ र जिल्ला सदरमुकाम लिवाङ्गमा रहेको बालकल्याण मावि लिवाङ रहेका छन् । स्कूल बस सञ्चालन गर्ने संंस्थागत विद्यालयमा सुनिलस्मृती गाउँपालिका वडा नंं. २ खुंग्रीमा रहेको ज्ञान मन्दिर मावि रहेका छन् ।

नेपाल मावि कोटगाउँ, बालकल्याण मावि लिवाङ र ज्ञान मन्दिर मावि खुंग्रीले १÷१ वटा र नेपाल राष्ट्रिय मावि मौलावोट रांकोटले २ वटा स्कूल बस सञ्चालनमा ल्याएका छन् ।

भौगोलिक विकटताका कारण टाढा टाढाबाट पैदल यात्रा मार्फत विद्यालय आउन धेरै समय लाग्ने भएपछि विद्यार्थीको सुविधालाई ध्यानमा राखेर स्कूल बस सञ्चालनमा ल्याएको विद्यालयहरुको दावी छ ।

स्कूल बस सञ्चालन गर्ने तीनवटै सामुदायिक विद्यालय जिल्लाका नमूना विद्यालय हुन् । नेपाल राष्ट्रिय मावि मौलावोट रांकोट र बालकल्याण मावि लिवाङ संघीय सरकारद्वारा छनौट गरिएका नमूना विद्यालय हुन् भने नेपाल मावि कोटगाउँ लुम्विनी प्रदेशद्वारा छनौट गरिएको प्रदेश स्तरीय नमूना विद्यालय हो ।

स्कूल बस सञ्चालनसँगै विद्यालयमा विद्यार्थीको आकर्षण समेत बढेको बालकल्याण मावि लिवाङका प्रधानाध्यापक मधुसुदन पोख्रेलको भनाई छ । “भौगोलिक विकटताका कारण घण्टौ पैदल यात्रा गर्न वाध्य विद्यार्थीहरु बस सेवा सञ्चालनसँगै आवतजावतमा सहजता भएको छ”–प्राचार्य पोख्रेलले भने । विद्यार्थीको अत्यधिक चाप रहेकाले एउटा बसले मात्रै धान्ने अवस्था नभएकाले अर्को बस पनि माग भएको पोख्रेलले बताए ।

विद्यालयमा बस सेवा सुरु गरेसँगै विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको नेपाल राष्ट्रिय मावि मौलावोट रांकोटका प्रधानाध्यापक गोपाल केसीको भनाई छ । “विद्यालय आवत जावतमा घण्टौ समय खर्चने वाध्यता हटेको छ”–केसीले भने । विद्यार्थीले दैनिक विद्यालय आवतजावतमा खर्चने समय पठनपाठनमा लगाउन पाएको प्रधानाध्यापक केसीले बताए । बस सञ्चालनका लागि खर्च धेरै आउने भएकाले आर्थिक व्यवस्थापनको पाटो चूनौतीपूर्ण देखिएको प्रधानाध्यापक केसीको भनाई छ ।

“रोल्पा जस्तो दुर्गम जिल्लाका सामुदायिक विद्यालयहरुले पनि विद्यार्थीहरुको सुविधालाई ध्यान दिएर बस सेवा सञ्चालनमा ल्याउनु राम्रो पक्ष हो”–अभिभावक जीतवहादुर डाँगीले भने । “घण्टौ समय लगाएर विद्यालय आवतजावत गर्दा विद्यार्थीले पढाईमा समय दिन सकेका थिएनन, स्कुल बस सेवाले यो समस्यालाई केही हद सम्म न्यूनिकरण गरेको छ”–अभिभावक डाँगीले भने ।
रोल्पामा ४०७ सामुदायिक र २९ संंस्थागत सहित ४३६ वटा विद्यालय रहेका छन् । ती विद्यालयमा करिव ८५ हजार विद्यार्थीले अध्ययन गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?