© 2026
जितपुर, २३ साउन ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–४, सिद्धिपुरमा अवस्थित होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका मनिष गिरीले ३.९० जिपिए ल्याएका छन् । यो जिपिए जिल्लामै उच्चतम भएको विद्यालयको दाबी छ । विद्यालय प्रशासनका अनुसार यस वर्ष कूल परीक्षार्थीहरूमध्ये २२ जनाले ३.६ देखि ४.० जिपिएको दायरामा अङ्क प्राप्त गरेका छन् ।
यस्तै ३.२ देखि ३.६ जिपिए ९२ जना विद्यार्थीले, २.८ देखि ३.२ जिपिए ७० जना तथा २.४ देखि २.८ जिपिए २४ जना विद्यार्थीले प्राप्त गरेका छन् । परीक्षाको समग्र नतिजा हेर्दा विद्यालयले उच्च स्तरको शैक्षिक प्रदर्शन गरेको देखिन्छ । विद्यालयका प्रिन्सिपल वासुदेव घिमिरेले यस सफलता विद्यार्थीहरूको कठोर परिश्रम, शिक्षकहरूको समर्पण र विद्यालय परिवारको सामूहिक प्रयासको परिणाम भएको बताएका छन् । उनले सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने बताएका छन् ।