© २०२३
पश्चिम नवलपरासी, १८ मंसिर ।
चिसोबाट बच्न आगो बालेर सुत्दा पश्चिम नवलपरासीको रामग्राममा जलेर एक जनाको मृत्यु भएको छ । रामग्राम १२ शान्तिचौरमा भारतको महाराजगंज घर भई परासीमा तरकारी बेचेर गुजारा गर्दे आएका ६० वर्षीय रामलखन लोनियाको जलेर मृत्यु भएको हो ।
चिसो भएका कारण विस्तारा नजिकै आगो बालेर सुतेका उनको टिनले छाएको टहरामा आगो सल्किएपछि जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । तर उनले अन्त्यधिक मदिरा सेवन गरेका कारण आगो लागेर जल्दा समेत थाहा नपाउँदा मृत्यु हुन पुगेको बताईएको छ । राति नै स्थानीयले टहरामा लागेको आगो निभाएपनि घर भित्र मानिस भए नभएको थाहा नहँुदा उनको उद्दार हुन नसकेको स्थानीयले बताएका छन् ।
मृतक लोनियाका आफन्तलाई भारतमा जानकारी गराईसकिएको प्रहरीले जनाएको छ । जाडो मौसममा तराईका जिल्लामा गुईठा, दाउरा बालेर सुत्ने गर्दा आगलागीबाट जनधनको क्षति हुँदै आएको छ ।