© २०२३
काठमाडौं, २२ साउन।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ।
बैठकमा विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि विस्तृत छलफल हुने बताइएको छ।
यसअघि पटक–पटक बैठक बस्दा पनि सहमति जुट्न नसक्दा विधेयक निष्कर्षमा पुग्न सकेको थिएन। असार २२ गते समितिबाट विधेयक पारित गर्ने तयारी गरिए पनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले केही विषयमा सहमति नजुटेको भन्दै बैठक स्थगनको आग्रह गरेका थिए। फलस्वरूप सो दिनको बैठक पनि निर्णयविहीन बनेको थियो।
सरकारले आन्दोलनरत शिक्षकहरूसँग असार १५ गतेभित्र विधेयक पारित गर्ने प्रतिबद्धता जनाए पनि तोकिएको समयभित्र विधेयक टुंगोमा पुग्न सकेको छैन।