© 2026
काठमाण्डौ, २२ साउन ।
भारत हुँदै तेस्रो देश पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ।
गैरकानूनी रूपमा खाडी मुलुकहरूमा घरेलु श्रमिकका रूपमा पठाउन लागिएका ती महिलाहरूलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी बुधबार नेपाल फिर्ता ल्याइएको हो।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार दलालहरूको प्रलोभनमा परी ती महिलाहरू भारतमार्ग हुँदै तेस्रो मुलुक लैजान लागिएका थिए। उद्धार गरिएकामध्ये अधिकांश महिलालाई घरेलु कामदार बनाइ खाडी मुलुकहरूमा पठाउने योजना बनाइएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको दूतावासले जनाएको छ।
तर, भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई विभिन्न ठाउँबाट उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।