ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

‘तानसेनमा अव पानीको अभाव छैन’

२२ श्रावण २०८२, बिहीबार
२२ श्रावण २०८२, बिहीबार

तानसेनमा पछिल्लो समयमा खानेपानीको समस्या हटेको छ । मोहन प्रसाद श्रेष्ठको नेतृत्व आएपछि खानेपानी समस्या समाधान भएको हो । खानेपानी सहज बनाउन के के पहल भए र भएका छन् ? चुनौती कस्ता छन, खानेपानी उपभोक्ता समितिका समस्या र चुनौतीका बारेमा बुटवल टुडेकर्मी बिन्दु थापाले अध्यक्ष मोहन प्रसाद श्रेष्ठस‘ग गर्नुभएका कुराकानी :

तानसेन खानेपानी उपभोक्ता समितिको स्थापना कहिले भएको हो ? यसको प्रमुख उद्देश्य के हो ?

तानसेन खानेपानी उपभोक्ता समिति वि.सं ं२०६२ सालमा स्थापना भएको हो । यसको प्रमुख उद्देश्य तानसेन नगरवासीलाई नियमित, स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो । उपभोक्ताको सहभागिता र स्रोत व्यवस्थापनमार्फत दीगो खानेपानी सेवा प्रवाह गर्नु हाम्रो मुख्य लक्ष्य हो ।

हाल समितिमा कति जना सदस्यहरू क्रियाशील रूपमा संलग्न छन् ?

हाल समितिमा ९ जना कार्यसमिति सदस्यहरू छन्, जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव , कोषाध्यक्ष र सदस्य रहेका छन् । सबै पदाधिकारी तथा सदस्यहरू सक्रिय रूपमा संलग्न हुनुहुन्छ ।

हाल तानसेन नगरका कुन–कुन क्षेत्रलाई खानेपानी सेवा पु-याइएको छ ?

हामीले तानसेन नगरका अधिकांश वडा, विशेष गरी वडानम्बर १ ,२,३,४,५,६,७, र ११ वडा गरि ८ वटा वडाका उपभोक्ताहरुलाई खानेपानी सेवा पु¥याएका छौं । तर केही उचाइमा पर्ने बस्तीहरूमा अझै पनि पूर्णरूपमा सेवा पु¥याउन सकिएको छैन । अव छिटै कालिगण्डकी प्रभावित क्षेत्र वडा नं १२।१३ मा पनि शीघ्र खानेपानी वितरण गर्ने छौ ।

दैनिक रूपमा कति पानी वितरण गरिन्छ ? के त्यो पर्याप्त हुन्छ ?

हाल दैनिक करिब २० लाख लिटर पानी वितरण भइरहेको छ । तर जनसंख्या वृद्धि र मौसमजन्य प्रभावका कारण केही समय सेवामा असन्तुलन हुन्छ । केहि समय योे परिमाण पर्याप्त हुन्छ, तर गर्मी याममा र बर्षाको समयमा अभाव महसुस हुन्छ । तर हामिले समय व्यवस्थापन गरेर मिलाएका छौ । यहा दैनिक ३० लाख लिटर पानीको आवश्यक पर्छ । हाम्रो क्ष््रामता भनेको २० लाख लिटर मात्र हो ।

हाल समितिले भोगिरहेको प्रमुख समस्या के–के हुन् ?

हाम्रा मुख्य समस्या पुरानो वितरणमा पाइपलाइन प्रणाली, विद्युत् आपूर्तिमा अवरोध, र पानी चुहावट हुन् । यस्तै, जनसंख्या वृद्धिस‘गै माग बढ्दो छ, जुन व्यवस्थापन गर्न चुनौतीपूर्ण भएको छ ।

खानेपानी स्रोतमा हुने मौसमी असर वर्षा वा खडेरीमा कत्तिको पर्दछ ?

वर्षात्मा पानीको मात्रा बढी हुन्छ, तर कहिलेकाही आकाशको पानीले पानीका मुहानहरु धमिलो पानी मिसिन जान्छ र पानी धमिलो हुन्छ । पहाडी क्षेत्र भएकाले पहिरो जान्छ मुहानमा जान सक्ने अवस्था हुदैन कठिन हुन्छ । पानीको आपूर्ति चुनौती हुन्छ । खडेरीको समयमा त मुहानहरू नै सुक्न थाल्छन् । त्यसले नियमित वितरणमा असर पर्छ । यसैको समस्या समाधानको लागि अब ५० लाख लिटर क्षमता भएको ट्यांकी निर्माण गर्न लागिपरेका छौ ।

पाइपलाइन, ट्यांकी वा वितरण प्रणालीमा के प्राविधिक समस्या छन् ?

खासगरी पुराना पाइपहरू फेर्नुपर्ने आवश्यकता छ । केही ठाउ‘मा पानी चुहावट र दबाब कम हुने समस्या हुन्छ । हामी मर्मत गर्दै अगााडि बढेका छौ । हमीले जसरी पनि तानसेनमा खानेपानीको समस्या हुन नदिने गरि जिर्ण पाइपलाईनहरु व्यवस्थित गर्नेमा छौ ।

स्रोत संरक्षण र व्यवस्थापनमा कठिनाइहरू के कस्ता रहेका छन् ?

स्रोतको संरक्षणमा सामुदायिक जागरुकता अभाव एक चुनौती हो । पानीको मात्रा घट्दै गएको अवस्था छ । पछिल्लो समयमा मौसम परिवर्त पनि हु‘दै गएको छ यसको प्रभाव जलस्रोतका मुहानमा पनि परेको छ । स्रोत संरक्षणका लागि बजेट र स्रोतको अभावले पनि कठिनाई भएके छ ।

अब आर्थिक पक्षतिर लागौं, समिति कसरी चलिरहेको छ ? समितिको आर्थिक स्रोत के–के हुन् ? के उपभोक्ताबाट उठाइएको शुल्क पर्याप्त छ ?

मुख्य आयस्रोत उपभोक्ताबाट उठाइने मासिक शुल्क नै हो । त्यो दैनिक सञ्चालनका लागि केही हदसम्म पुग्छ तर दीर्घकालीन संरचना विकासको लागि पर्याप्त हुन सकेको छैन । यस समितिमा खानेपानी सदस्य दुई किसिमको हुनुहुन्छ जसमा ग्राहस्थ्य र गैरग्राहस्थ्य । यसमा व्यक्तिका धाराहरु र संघ सस्थाका धाराहरु पर्दछन् । पानीको महसुल गत बर्ष समायोजन गरेका हौ । दस हजार लिटर सम्म ३०० रुपैया शुल्क लाग्ने गर्दछ ।

सरकारले वा अन्य निकायले अनुदान वा सहयोग पु-याएको छ ?
हो,तानसेन नगरपालिका, प्रदेश सरकार ,संघिय सरकार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, विद्युत कार्यालय,विभिन्न संघसस्था तथा स्थानीय वडाहरुबाट सहयोग प्राप्त भएको छ । तर त्यो निरन्तर र पर्याप्त छैन ।

उपभोक्ताबाट सबैभन्दा बढी आउने गुनासो के हो ?

धेरै गुनासो पानी नियमित नआएको, पानी कम भएको, समयतालिका नभएको र कुनै बेला फोहर पानी आएको भन्ने हुन्छ । हामी तत्काल छानबिन गरी समाधान गर्ने प्रयास गर्छौं ।

गुनासो समाधानका लागि समितिले कस्तो प्रक्रिया अपनाएको छ ?

हामीस‘ग गुनासो दर्ता गर्ने छुट्टै व्यवस्था छ । उपभोक्ताले फोन, म्यासेज वा कार्यालयमा आएर गुनासो गर्न सक्नुहुन्छ । त्यसको लागि हामिले सुचना अधिकारी समेत राखेका छौ । हामी गुनासोको प्रकृति अनुसार छिटो समाधान गर्छौ ।

खानेपानी सेवा सुधार गर्न समितिको निकट भविष्यको योजना के छ ?

हामी नयाँ स्रोत पहिचान, पाइपलाइनको स्तरोन्नति, डिजिटल मिटर प्रणाली, र स्मार्ट वितरण प्रणाली ल्याउने योजनामा छौं ५० लाख लिटर क्षमताको ट्यांकी निर्माण गर्ने र तानसेनमा खानेपानीको अभाव हुन नदिने योजनामा लागेको छौ ।

स्रोत संरक्षण र दिगो पानी आपूर्तिका लागि के पहल भइरहेका छन ?

स्रोत संरक्षणका लागि स्थानीय , राजनीतिदल र सरोकारवाला वीच छलफल गरिएको छ ।

तपाईंको अध्यक्षकालमा समितिले हासिल गरेका मुख्य उपलब्धिहरू के–के हुन् ?

हामीले पुराना पाइपलाईन र जिर्ण पाइपलाईन परिवर्तन गरेका छौं, ट्यांकी संख्या र क्षमतामा वृद्धि गरेका छौं, र उपभोक्तास‘ग प्रत्यक्ष संवाद बढाएका छौं । डिजिटल बिलिङ प्रणालीको थालनी पनि उपलब्धि हो । यसैगरि तानसेनका उपभोक्ता समितिको घरमा दुई दिन बिराएर खानेपानी पुराउन सकेका छौ । विद्युत महसुलमा ५० प्रतिशत छुट प्राप्त, उपभोक्तालाई महसुलमा मूल्य समायोजन ,३३केविको छुट्टै प्रसारण लाईन, कल्याणकारी कोष स्थापना, सबै स्टेशनमा डिजिटल प्रणाली लागू ,मोटर पम्पहरु जगेडा ,सचिवालय तथा कर्मचारी व्यवस्थापन माग अनुसार खानेपानी व्यवस्थापन भैरहेको छ ।

तपाईं व्यक्तिगत रूपमा उपभोक्ताहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

खानेपानी सबैको साझा सम्पत्ति हो । यसको संरक्षण हाम्रो दायित्व हो । समिति मात्र होइन, उपभोक्ताको साथ, सहयोग र सचेतना बिना दिगो सेवा सम्भव छैन । कृपया पानीको उपयोगमा मितव्ययी बनौं ।

पहिलो समितिले जम्मा गरेको आर्थिक हिनामिना गरेको भन्ने पनि छ नी यसमा के भन्नुहुन्छ ?

तपाईले एकदमै गम्भिर प्रश्न गर्नुभयो । यसको लागि धन्यवाद दिन चाहान्छु । यो प्रश्न गलतहो भन्ने लाग्यो यसमा मेरो आपत्ति पनि छ । आर्थिक हिनामिना भन्ने शब्द नै अपाच्य छ । पहिलो समितिले जम्मा गरेको रकममा हाम्रो अहिलेसम्म नजर पुगेको छैन । हामिलाई स्पष्ट थाहा छ सोसियल अडिट हुन्छ भन्ने हामिले पुरानो समितिले राखेको रकम संरक्षण गर्दै सहि ठाउ‘मा सदुपयोग गरेका छौ । हालसम्म उक्त रकममा नजर नलगाइकन हामी आएपछि घाटामा रहेको समितिलाई मितव्ययी अपनाएर भएपनि उपभोक्तालाई मूल्य समायोजन गरी घटाएका छौ भने कर्मचारीको सेवा सुविधा बढाएर पनि रकम समितिलाई बचत गर्न सकेका छौ । हाम्रो मूख्य उद्येश्य नै आर्थिक मितव्ययी अपनाएर पारदर्शी हिसाबले सबै विल भुत्तानी पनि समितिको बैठकको निर्णयबाट खर्चहरु गरेका छौ । जो लेखा परिक्षणको प्रतिवेदन मार्फत सबैलाई जानकारी पनि गराएका छा्रै ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?