ट्रेंडिंग:

>> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ

मल नपाएर बाली संकटमा

२२ श्रावण २०८२, बिहीबार
२२ श्रावण २०८२, बिहीबार

बर्दिया, २२ साउन । 

‘मानो रोपेर मुरी फलाउने’ नेपाली उखान यति बेला बर्दियाका किसानहरूको सपना जस्तै बनिएको छ । रोपाइँ सकेका किसान अहिले खेतमा हरियो बाली देख्न त पाएका छन् । तर त्यो हरियाली टिकाइराख्न चाहिने रासायनिक मलको चरम अभावले उनीहरू रातभर सुत्न सकेका छैनन् ।

घाम तापेर लाइन बस्दा पनि हात खाली हुने अवस्था झेलिरहेका किसानहरू अबको केही हप्तामा खेतबारी सुक्खा हुने डरले चिन्तित छन् । बर्दिया जिल्लाका कृषकहरू यो समय खेतमा युरिया र डी.ए.पी. मल छर्नुपर्ने पर्खालको बिचमा छन्, तर बजारमा मल छैन ।

यो अवस्था बर्सेनि दोहोरिइरहँदा समेत सरकारी निकाय, सहकारी संस्था तथा मल आयात गर्ने कम्पनीहरूको ध्यान त्यसतर्फ गएको देखिँदैन । बर्सेनि हजारौँ कृषक मलको अभावमा क्षति व्यहोर्न बाध्य भइरहँदा राज्यका योजना, नीति र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

साउन महिनाको चर्को घाममा राजापुर नगरपालिका वडा नम्बर ५ का किसान फुलाराम थारु युरिया मलको आसमा सहकारीको गेटबाहिर लाइनमा उभिएका थिए । उनले भने, ‘राति ३ बजेदेखि लाइन बसेँ, तर ८ बजे सहकारी खुलेपछि भने मल सकियो भनेर मलाई फर्काइदिए । अब मल नपाए धान सुक्छ । धानको उत्पादन भएन भने हाम्रो घरको चुलो कसरी बल्छ ?’

फुलाराम मात्र होइन, बर्दियाका अधिकांश कृषक यस्तै स्थितिबाट गुज्रिरहेका छन् । खेतमा लगाइएको धान रोपाइँपछि एक महिनाभित्र युरिया मल अनिवार्य छर्नुपर्ने हुन्छ । तर सरकारी कम्पनीहरूले माग अनुसारको मल नल्याउँदा किसानको पसिना सुक्दै गएको छ ।

बर्दिया जिल्लालाई ‘सुरक्षित जिल्ला’ भनेर चिनिन्छ । यहाँको प्रमुख बालीमा धान, मकै र गहुँ पर्दछन् । तर धान खेती सबैभन्दा धेरै गरिन्छ । जिल्लाको ५० हजार २ सय ५० हेक्टर जमिन खेतीयोग्य रहेकोमा १२ हजार मेट्रिक टन युरिया र ७ हजार मेट्रिक टन डी.ए.पी. आवश्यक पर्दछ । ‘तर आर्थिक वर्ष २०८१/८२ मा जम्मा ६ हजार २० मेट्रिक टन युरिया र ३ हजार ४ सय मेट्रिक टन डी.ए.पी. मात्र आपूर्ति भएको कृषि सामग्री कम्पनी लिमिटेड बर्दियाका प्रमुख लालबहादुर थारुले जानकारी दिए ।

“मागको तुलनामा आपूर्ति आधा पनि छैन, त्यसैले अभाव हुनु स्वाभाविक भयो,”८ प्रमुख थारु भन्छन् । त्यति मात्र होइन, हरेक वर्ष बाली उत्पादन घटेको छ । कृषि कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष धान उत्पादन १२ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । जसको सीधा असर किसानको आम्दानी, ऋण, खाद्य सुरक्षा र दैनिक जीवनमा पर्नेछ ।

बर्दियामा अहिले १ सय ४८ सहकारीमार्फत मल वितरण भइरहेको छ । तर यिनै सहकारीहरूमा पनि कोटा प्रणाली लागू गरिएको छ । जसले गर्दा धेरै कृषकहरूलाई समयमै र आवश्यक मात्रामा मल पुग्न सकेको छैन । मल वितरणको जिम्मा सरकारी अनुदानसहित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिइएको छ ।

तर यी संस्थाहरूले आयात, ढुवानी, भण्डारण र वितरणको प्रक्रियामा ढिलाइ गर्दा पटक–पटक यस्तो समस्या देखिने गरेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकाल भन्छन्, “सरकारले रणनीतिक मल भण्डारण, समयमै टेन्डर प्रक्रिया, आपूर्ति शृङ्खला सुदृढीकरण, र सहकारीलाई डिजिटल प्लेटफर्मबाट नियन्त्रण गर्न सके समस्याको समाधान सम्भव छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?