ट्रेंडिंग:

>> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय

लम्पी स्किन नियन्त्रणमा कमजोरी, नवलपरासीमा संक्रमण बढ्दो

२२ श्रावण २०८२, बिहीबार
२२ श्रावण २०८२, बिहीबार

समाचार सारांश


  • सुनवल, बर्दघाट, रामग्राम लगायतका पालिकाहरूमा रोग फेरी देखा परेको छ ।

  • परासीस्थित पशु रोग अन्वेषण प्रयोगशालाले परीक्षण गर्दा १४ वटा पशुमा लम्पी पोजेटिभ भेटिएको पुष्टि ।

  • हालसम्म ६ वटा स्थानीय तहका ६५ घरधुरीका ३२२ गाई र १५ भैंसीमा असर देखिएको छ ।

  • तिनीहरूमध्ये ७७ गाई र ५ भैंसी बिरामी छन् ।


नवलपरासी, २२ साउन ।

जिल्लामा अहिले पुनःलम्पी स्किन रोग देखा परेका छन् । सरोकारवाला निकायले बेलामै पशु स्याहार, खोप उपचारको काममा लापरबाही गर्दा अहिले जिल्लामा लम्पी स्किनको रोग पशुमा वृद्धि हुँदै गएको हो । विगत दुई वर्ष पहिला लुम्बिनी प्रदेशमा लम्पी स्किन रोग महामारीको रूपमा देखिँदा यो जिल्लामा त्यसको प्रभाव कम देखिएको थियो ।

हरेक दिन लम्पी स्किनका बिरामी पशु भेटेनरी अस्पतालमा ल्याउने गरिएको छ । त्यसै गरी गाउँ गाउँबाट पनि सूचना आइरहेको भेटेनरी अस्पतालले जनाएको छ । यसले लम्पी स्किन लागेका पशुको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । जिल्लामा लम्पी स्किन रोग बेलामै अभियानमुखी उपचार र खोप कार्यक्रम सञ्चालन नगरिए महामारीको रूपमा लिन सक्ने पशु चिकित्सकले बताए ।

जिल्लामै अवस्थित पशु रोग अन्वेषण प्रयोगशाला परासीले पशुको नमुना सङ्कलन गरी परीक्षण गर्दा सुनवल, बर्दघाट र रामग्रामका १४ वटा पशुमा लम्पी स्किन रोग पोजेटिभ देखिएको भनि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीलाई जानकारी पत्र पठाएको जनाएको छ । सो रोगको सङ्क्रमण बेलामै नरोकिए महामारीको रूप लिन सक्ने चिन्ता समेत उनले व्यक्त गरेका थिए ।

नमुना परीक्षणको क्रममा असार १ गते नै जिल्ला भित्रको पशुमा लम्पी स्किन पोजेटिभ देखिएको थियो, प्रयोगशालाका प्रमुख डा.भरत काफ्लेले पशु सेवा विज्ञ केन्द्रलाई पठाइएको पत्र देखाउँदै भने, अहिले प्रायः जिल्ला भरिका पशुमा देखिन थालेको छ । यसलाई नियन्त्रण गर्नका लागि जिल्ला स्तरमा अभियानकै रूपमा रोग नियन्त्रण गर्न उपचार, खोप अभियान सञ्चालन गर्न आवश्यक देखिएको छ ।

यता नियमित दुई तीन वटा पशु भेटेनरी अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालकी पशु चिकित्सक डा.विभुती सिंहले बताइन् । उनका अनुसार हालसम्म जिल्लाका ६ पालिकाका ६५ घरधुरीका ३ सय २२ वटा गाई र १५ वटा भैँसी प्रभावित भएर उपचारमा आएको र त्यसमा ७७ वटा गाई र ५ वटा भैँसी विरामी नै भएको तथ्याङ्क उनले बताइन् ।

‘पाल्हीनन्दन गाउँपालिकाले अहिलेसम्म कुनै रिपोर्ट पठाएको छैन,’ उनले भनिन्–‘सीमावर्ती गाउँपालिका हो, त्यहाँ पनि पक्कै लम्पी स्किनका बिरामी पशु होलान् । सबैभन्दा बढी सुनवल नगरपालिकामा ३५ वटा गाई र १ भैँसी र बर्दघाट नगरपालिकामा २८ गाई र बिरामी भेटिएका छन् । ती पशुको औषधि उपचार गरिएर पठाइएको छ ।

जिल्लाभित्र ४३ जना भ्याक्सिनेटर रहेका छन् । स्थानीय सरकारले चाँहेमा ती भ्याक्सिनेटर परिचालन गरेर पनि सबै पशुलाई पुनःखोप अभियान सञ्चालन गर्न सक्छ । खोपले अन्य पशुमा रोग सङ्क्रमण बढ्न दिँदैन । उपचार गरेर सङ्क्रमित पशुलाई जोगाउन सकिने उनको भनाइ थियो ।

भेटेनरी अस्पतालमा आफ्नो गाई उपचार गराउन आएका रामग्राम–६ पोखरापालिका किसान विरेन्द्र सहानीले एक सातादेखि यस्तो लक्षण देखिएको सुनाए । गाईले खान पिउन छाडेपछि अस्पताल लिएर आएको हो, उनले भने, गाउँमै घुम्ने पशु स्वास्थ्यकर्मीले खोप लगाउन पाँच सय रुपियाँ मागे, तर त्यो पनि नभएर अस्पतालमा उपचारका लागि ल्याएको हो ।

बाहिर उपचार पनि महँगो छ, उनले भने, यसका लागि सरकारले नै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाई दिनुपर्छ । पशुमा लम्पी स्किलको प्रकोप देखिएको भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले यसमा स्थानीय तहका पशु सेवा शाखा सक्रिय हुनुपर्ने बताए ।

तर स्थानीय तहका पशु सेवा शाखा नै निष्क्रिय जस्तो देखिन्छ, उनले भने, अस्पतालले तँ बिरामी पशुको उपचार गर्ने र विज्ञको अवश्यकता पर्ने स्थानमा पशु चिकित्सक पु¥याउने हो, तर गाउँमा खोज पडताल, पहिचान गरी उपचार तथा रोकथामका कार्यक्रम स्थानीय सरकारले नै गर्नु पर्ने हो । यता प्रतापपुर १ सेमरीका किसान भवानीशंकर यादवले पनि गाउँभरि त्यस्ता सङ्क्रमण देखिएको सुनाएका थिए ।

त्यसमा स्थानीय सरकार गम्भीर भए जस्तो देखिएका छैनन्, उनले थपे,–‘किसान के गर्न सक्छन्,गर्ने सरकारले नै हो । देशका अर्थतन्त्रमा योगदान पु¥याउने किसान नै भए पनि सरकार किसान प्रति नै उदासीन देखिने गरेको आरोप स्थानीयको रहेको छ । विज्ञ केन्द्रका अनुसार जिल्लामा ४४ हजार ९ सय ७८ वटा गाई र बाच्छाबाच्छी र ३८ हजार ५ सय भैंसी र पाडापाडी रहेको तथ्याङ्क छ ।

५० प्रतिशत पशु बयस्क नै हुन्छन् । बयस्क भंैसीको मूल्य हाल करिब एक लाख रहेको छ । यसरी जिल्लामा १ अबै ७० करोड मूल्यका भैंसी छन् । गाईमा पनि झण्डै दुई अर्बकै भएको अनुमान विज्ञ केन्द्रको रहेको छ । दुई वर्ष पहिला पनि लम्पी स्किन रोगकै कारण ७ हजार भन्दा बढी पशु मरेका थिए । त्यो बेला नवलपरासीमा सङ्क्रमित पशु मध्ये ५ प्रतिशत मात्र ३६ वटा पशु मरेका थिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीको सक्रियतामा जिल्लाका अधिकांश सङ्क्रमित पशु जोगाउन सफल रहेको केन्द्रले जनाएको थियो । भारतसँग खुल्ला सिमाले पनि नेपाली किसानलाई प्रभावित बनाउने गरेको केन्द्रले जनाएको छ । दुई वर्ष पहिला सबै पशुलाई खोप लगाइएको थियो । खोप लागेका पशुमा सङ्क्रमण देखिएको छैन ।

नयाँ पशुमा मात्रै यस्को सङ्क्रमण भएको देखिएको छ । भारतबाट आउने पशुबाट पुनः आएको हुन सक्ने भनाई पशु चिकित्सकहरूको रहेको छ । खुल्ला सिमाले पशुको चोरी तस्करी पनि हुने गर्छ, जुन पशुको क्वारेनटाइन परीक्षण पनि हुदैन् । त्यस्तै पशु मार्फत सङ्क्रमित पशु नेपाल भित्र आउने र एउटाबाट आर्कोमा सङ्क्रमण फैलाउने चुनौती रहेको छ ।

यसले गर्दा बर्षेनी लम्पी स्किनको खोप कार्यक्रम बनाई सबै पशुमा लगाउनु पर्ने देखिएको छ । जुन दुई बर्षसम्म खोप नै नलगाउँदा यस्तो सङ्क्रमण बढ्दै गएको पशु चिकित्सकहरूले स्वीकार गरेका छन् ।

स्थानीय सरकार किसानलाई औजार उपकरण दिने कार्यलाई मात्र प्राथमिकतामा राखेर काम गर्दै आएको छ, एक चिकित्सकले भने, तर खोप अभियान, पशु स्वास्थ्य शिविर जस्ता कार्यलाई कम प्राथमिकतामा राख्ने गर्दा रोगको सङ्क्रमण देखिनु स्वाभाविक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?