© २०२३
काठमाडौं ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गर्ने भएको छ । अमेरिकन सहयोग एमसिसी परियोजनाविरुद्ध देशभर नेकपाले विरोध प्रदर्शन गर्ने भएको हो ।
नेकपाको एमसिसी सरोकार समितिका संयोजक भरत सीले साउन ३० गते देशका मुख्य सहरमा एमसिसी विरुद्ध जनप्रदर्शन गर्न लागेको जनाएका छन्। ‘एमसिसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसिसी लाद्नु घातक छ ।
एमसिसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।