Butwal Today

रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

२१ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, २१ साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले राजीनामा माग गरेका हुन्।

‘कुलिङ अफ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ, यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई सोधिन्छ। यो नालायकीपनको जवाफ कसले दिने ? यो जिम्मेवारीपनको जवाफ कसले दिने ?’ उनको प्रश्न छ, ‘नाम उल्लेख भएन भन्दैमा सभापति सो पदमा नैतिक रूपमा बस्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?