ट्रेंडिंग:

>> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट

सीपले बनायो आत्मनिर्भर

२० श्रावण २०८२, मंगलवार
२० श्रावण २०८२, मंगलवार

समाचार सारांश


  • अनिता भुसाल, कल्पना जिसी, र रहिमा खातुनले मिलेर “मिलीजुली महिला लघु उद्यम” स्थापना गरे ।

  • शिवराज नगरपालिका वडा नं. ३ को सहयोगमा ७ दिने फिनेल, हर्पिक बनाउने तालिम लिएको आधारमा उद्यमको सुरुवात ।

  • सिकेको सीपलाई प्रयोग गर्दै फुर्सदको समयको सदुपयोग र आत्मनिर्भरता प्राप्त गर्ने लक्ष्य ।


 

चन्द्रौटा, २१ साउन ।

सधैँ झैँ घरायसी काम सकेर तीन जना दिदीबहिनीहरू सानो कोठामा भेला हुन्छन् । कोही फिनेलको बोतल भर्छन्, कोही हर्पिकको लेबल टाँस्छन् त कोही हिसाबकिताब मिलाउँछन् । उनीहरूको अनुहारमा देखिन्छ–आत्मविश्वास, ताजगी र आत्मनिर्भरताको चमक ।

यी हुन, अनिता भुसाल, कल्पना जिसी र रहिमा खातुन । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३ की ती महिलाहरू, जसले सीपलाई मात्रै होइन, स्वरोजगारको सम्भावनालाई जीवनमा समेत रूपान्तरण गरेका छन् ।

“शिवराज नगरपालिका वडा नम्बर–३ को सहयोगबाट ७ दिने फिनेल, हर्पिक बनाउने तालिम सिक्यौँ । सिकेका सीप र फुर्सदको समयलाई सदुपयोग गर्नुपर्छ भनेर स्थानीय तीन जना दिदीबहिनी मिलेर मिलीजुली महिला लघु उद्यम खोलेका छौँ” । सञ्चालक अनिता भुसालले भनिन् ।

फिनेल, हर्पिक, कुलिन, हेन्डवास, सर्फ लगायत ८ वटा वस्तुहरू उत्पादन गर्ने गरेको उनले बताइन् । काठमाडौँ, पोखरा लगायत स्थानबाट गाडीका गाडी ल्याएर स्थानीय बजारका व्यवसायीहरूलाई दिँदा आफूले उत्पादन गरेका वस्तुहरू बजार भाउ नपाएको भुसालले गुनासो गरिन् ।

खुल्ला सिमाना भएका कारणले चुनौती रहेको बताउँदै उपभोक्ताका अनुसार बाहिरबाट आएको वस्तुको गुणस्तर कमजोर भएको स्थानीय उत्पादन प्रभावकारी रहेको उनको दाबी छ । भुसाल भन्छिन्– “सीप सिकेपछि थन्काएर राख्ने होइन, चलाउने हो ।

हामीले चलायौँ – आफ्नै स्वरोजगारको बाटो ।” हातले उत्पादन गर्दा बढी समय र पैसा खर्चिलो भएको हुनाले सरकारले सहयोग गरे मेशिनबाट उत्पादन गरेर स्थानीय महिलाहरूलाई रोजगारी र आम्दानीसँग जोड्दै व्यावसायीक रूपमा अघि बढ्ने उनीहरूको योजना छ ।

अर्की सञ्चालक कल्पना जिसीले खरेन्द्रपुरमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्थाले आत्मनिर्भर हुनुपर्छ भनेर तालिम प्रदान गरेको बताइन् । “३५ जनाले तालिम सिकेका थियौँ । जसमध्ये तालिम सिकेर मात्रै हुँदैन, हामीले आफै आत्मनिर्भर हुनुपर्छ भनेर लागेका थियौँ ।

जसको स्वरूप आज मिलीजुली लघु उद्यम सञ्चालन गरेको छौँ । घरायसी काम सकाएर खाली समयको सदुपयोग गर्दै आत्मनिर्भर हुनाका लागि सिकेको तालिमले आज रोजगारी आम्दानीको आधार बनेको छ”- उनी भन्छिन् । उक्त तालिम सकेपछि धेरै जना फर्किए – फेरि आ–आफ्ना दैनिकीमा ।

तर यी तीन महिलाहरूले भने केही फरक गर्ने अठोट गरेको जिसीले अनुभव सुनाइन् ।यस्तै अर्की सञ्चालिका रहिमा खातुनले आफूहरूले उत्पादन गरेका वस्तुहरू बिक्रीका लागि स्थानीय हाटबजार समेत लैजाने गरेको बताइन् । आफै सीप सिकेर स्वरोजगारसँगै आत्मनिर्भर हुन पाउँदा हर्ष व्यक्त गरिन् ।

सस्तो मूल्यमा आयातित वस्तुले बजार कब्जा गर्दा पनि उनीहरूले हरेस खाएनन् । “बजार सजिलो छैन, तर उपभोक्ताको विश्वास जितेका छौँ,”–रहिमा खातुन सुनाउँछिन् । “मासिक करिब ४० हजारसम्म कमाइ छ ।” उनले थपिन्– “आत्मनिर्भर हुँदा गर्व महसुस भएको छ । मनग्ये आम्दानी गरिरहेका छौँ ।”

खातुनले भनिन् – खुल्ला बजारका कारण केही समस्या भए पनि स्थानीय व्यापारीहरूले हाम्रो उत्पादन बेचिरहेका छन् । उपभोक्ताहरूको राम्रो प्रतिक्रिया आएको छ । बिहान घरको भाँडा माझ्ने हातहरू, दिउँसो उद्यम चलाउने बनिसकेका छन् ।

स्थानीय व्यवसायी केशर महतरा क्षेत्रीले स्थानीय दिदीबहिनीहरूले सामूहिक रूपमा गरेको उत्पादन गरेका वस्तुहरू प्रभावकारी रहेको बताए । पहिले बुटवल, काठमाडौँ, पोखराका उद्योगीबाट सामान खरिद गरेको बताउँदै अहिले स्थानीय उत्पादनलाई बढवा दिँदै खरिद बिक्री गरिरहेको उनले बताए ।

बाहिरका उत्पादनभन्दा यो उत्पादनमा गुणस्तर रहेको व्यवसायी क्षेत्रीले जिकिर गरे । यता वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । उनले भने “महिलाहरूले सिकेका सीपलाई सदुपयोग गर्दै रोजगारी र आम्दानीसँग जोड्नु आवश्यक छ । स्वरोजगार भएर आत्मसम्मानका साथ जिउनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?