© २०२३
काठमाडौँ, २० साउन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति , विकृति र विसङ्गतिको अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त बलियो राष्ट्रवादी शक्ति आवश्यक भएकोमा जोड दिएका छन् ।
पार्टीद्वारा काठमाडौँ–१ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले २०६२ /६३ को मार्गचित्र गलत र त्रुटिपूर्ण भएको तथा पुर्णत असफल भएको समेत दाबी गरेका छन् ।
देश र जनताले नयाँ वैकल्पिक शक्तिको खोजी गरेको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताले देशको हित गर्नै नसक्ने ठोकुवा समेत उनले गरेका छन् ।
उनले कुशासन, भ्रष्टाचार, बेरोजगारी, महँगी, धर्म परिवर्तनलाई रोक्न एक पटक जनता जुरुक्क उठ्नुपर्नेमा जोड दिँदै आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएँ।
कार्यक्रममा तारानाथ लुइँटेल, श्याम घिमिरे, पुष्पा खरेल भट्ट, उज्वल पोखरेल लगायतले बोलेका थिए । प्रशिक्षण उपत्यकाको १५ वटै क्षेत्रमा सघन रूपमा सञ्चालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।