ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको काल बन्दै मावाखोला पुल

२० श्रावण २०८२, मंगलवार
२० श्रावण २०८२, मंगलवार

उर्लाबारी, २० साउन ।

मोरङको उर्लाबारी–९ र झापा दमक–१० जोड्ने मावाखोला पुल चिरा चिरा परेको छ। दायाँबायाँको माटो बगिसकेको छ। रड देखिन थालेको छ। अनि, राज्य भने मौन रहेको छ ।

पुलमुनिको खोलाको धार पूर्वतिर सर्दै छ, पुलसँगै जोडिएको जमिन भासिँदै छ। स्थानीय सरकारदेखि सङ्घसम्म— तीन तहको सरकारकै आँखामुनि पुल भत्किँदै छ। तर, ठुला दुर्घटना नभएसम्म राज्य हल्लिँदैन भन्ने पुरानै ‘नीति’ यहाँ पनि दोहोरिएको छ।

उर्लाबारी–९ निवासी टङ्क थक्लुङ लामो समयदेखि पुलको अवस्थाबारे आवाज उठाउँदै आइरहेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकोमा उनी आक्रोशित छन्।

अब पनि सरकारले आँखा चिम्लिरह्यो भने जनताले सडक सङ्घर्ष रोज्छन्, उनले भने, “पुलभन्दा पहिले जनताको धैर्य ढल्छ।’

स्कुल जाने बालबालिका, अस्पताल जाने बिरामी, गर्भवती महिला – सबै यही भत्किँदो पुल हुँदै आवतजावत गर्न बाध्य छन्। ठुला सवारी त रोकिएका छन्, तर साइकल र मोटरसाइकलसमेत ज्यानको बाजी लगाएर मात्र कुदाउन सकिन्छ।

यो पुल २०७१ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। झन्डै ४ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो ७५.४५ मिटर लामो पुल अहिले आफैँ सङ्कट बनेको छ। सुरुमा २०० मिटर लामो बनाउने योजना थियो, तर चौथाइ मात्रै निर्माण भयो।

चार वर्षसम्म मोरङतर्फको सडक नै बनेन। पछि बाटो खुले पनि हरेक वर्ष मावाखोलाले कटान गर्दै आयो। यो वर्ष खोलाको धार पूर्व सरेपछि झापातर्फको भागमा क्षति सुरु भएको हो।

पुलको अवस्थाबारे पटक–पटक आवाज उठाइँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीयहरू आक्रोशित छन्। “पुल ढलेपछि आएर निरीक्षण गर्नु भनेको लास गन्नु हो,” स्थानीय समाजसेवी राजन रायमाझीले भने, अहिले नआए, पछि चिहानमा फुल चढाउन नआऊ।

उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तान भन्छन् — पुलको मर्मत दमक नगरपालिकाको जिम्मेवारीमा पर्छ। दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले स्थलगत निरीक्षण गरिसकेको र अहिले अल्पकालीन व्यवस्थापनको तयारी भइरहेको बताएका छन्।

दमक–विराटनगर यात्रा छोट्याउने प्रमुख वैकल्पिक मार्ग यही पुल हो। इटहरी–विराटनगर–दमक घुमेर जान ६५ किमी लाग्छ भने यो रुट हुँदै ४२ किमीमै पुगिन्छ। तर, पुलको जर्जर अवस्थाले जनजीवन सङ्कटमा पारेको छ।

“करोडौँ खर्चिएर बनाएको संरचना मर्मत गर्न नसक्ने राज्य, अनि दुर्घटना भयो भने दोषी को ?” अब पनि सरकार मौन बस्यो भने आन्दोलन अपरिहार्य हुने स्थानीयको भनाइ छ। पुलको समस्या केवल संरचनागत होइन — यो राज्य र जनताको सम्बन्धबारेको प्रश्न बनेको छ।

“पुलभन्दा अघि जनताको धैर्य ढल्छ,” टङ्क थक्लुङ दोहोर्‍याउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?