© 2026
गुल्मी, २० साउन ।
गुल्मीमा काली गण्डकी कोरिडोरको तीन खण्ड सहित चार ठाउँमा सडक अवरुद्ध भएको छ । मंगलबार बिहानदेखि पहिरोका कारण उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।
काली गण्डकी कोरिडोर सडक खण्ड अन्तरगत काली गण्डकी गाउँपालिकाको वडा नम्बर १, २ र ३ स्थित गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । त्यसै गरी रिडी-वामीटक्सार सडक अन्तर्गत सत्यवती गाउँपालिका वडा नम्बर- ६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका -८ को तल्लाफाँट र रिडी-खर्ज्याङ सडक समेत अवरुद्ध बनेको छ ।
विगत तीन दिनदेखि गुल्मी सहित आसपासका क्षेत्रमा निरन्तर रूपमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण काली गण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।