ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

जनता आक्रोशित बनाउने काम किन ?

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

पछिल्लोसमय केपी ओली नेतृत्वको सरकार बन्दै गरेका कानुन र त्यसमा राख्न थालिएका कतिपय कानुनी प्रावधानको हौवाले सरकार आलोचित बन्दै गएको छ । यद्यपि विधेयक बनाउने काम संसद अन्तर्गतको संसदीय समितिको हो । समितिले तयार गरेको विधेयक संसदमा प्रस्तुत गरेपछि मात्रै त्यसले कानुनको रूप लिन्छ ।

संसदीय समितिमा प्रधानमन्त्रीको मात्रै एकाधिकार हुँदैन तर सरकारको नेतृत्व गरिरहेको कारण सवै जस अपजसको भारी प्रधानमन्त्री केपी ओलीको टाउकोमा गैरहेको छ । यो स्वाभाविक पनि हो । किनभने संसदीय समितिले वनाएको विधेयकलाई कानुनको रूपमा संसदमा प्रस्तुत गर्ने काम सरकारको हो ।

यद्यपि अहिले छलफलमा रहेका विवादित विषय छिनोफानो भैसकेको छैन तर आशय सोही अनुसार रहेकोले सरकार आलोचनाको शिकार हुँदै गएको छ । हुन त सरकार र नागरिक एकअर्काका विपरीत कित्तामा उभिने भएका कारणले पनि यस्तो देखिएको हुनसक्छ ।

तैपनि नागरिकलाई मन नपर्ने काम अघि बढ्दा सरकार आलोचित भएको छ । नागरिकहरूका असन्तुष्टि चुलिँदै गएको बेला बन्दै गरेका कतिपय कानुनलाई लिएर सरकारमाथि ठूलो आक्रोश बढिरहेको देखिएको छ । सरकार अनेकौं प्रकरणमा मुछिएको कारण अलोकप्रिय एकातिर छँदैछ भने अर्कातिर जनतालाई मन नपर्ने कानुन धमाधम बनाउँदै गरेको सार्वजनिक भैरहँदा सरकारको लोकप्रियतामाथि प्रहार हुँदै आएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफै तोक्न पाउने अधिकार पाएका छन् । त्यसमा राष्ट्रपतिले दस्तखत गरिसक्नुभएको छ । उता बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको भन्दै सरकारमाथि नै आक्रोस पोख्ने काम भैरहेको छ । बहुविवाह गर्ने कानुन नआउने कुरा सरकारका मन्त्रीहरूले स्पष्ट गरिसकेका छन तरपनि सरकारमाथि निशाना साँध्ने काम भैरहेको छ ।

हुनपनि यी सवै अलोकप्रिय कामको खबर केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा सार्वजनिक हुँदै आएको छ । जसका कारण प्रधानमन्त्रीमाथि प्रहार भैरहेको छ । सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै उक्त कानुन खारेजीविरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनसन समेत सुरू गरेको अवस्था छ ।

आफ्नै प्रेमिबाट बलात्कृत भएको भन्दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरूद्ध सेतो सारी लगाएर आमरण अनसन बस्नुपर्ने अवस्था आउनु निश्चितरूपमा चिन्ताको बिषय हो । उता सरकारले भ्रष्टाचार, बलात्कार, हत्या र मानव बेचबिखनका अपराधिलाई आममाफी दिने कानुन ल्याउने तयारी गरेको भन्दै सरकारको कडा आलोचना भैरहेको छ । लाग्छ यो सरकार उल्टो दिशामा अघि बढ्न खोज्दैछ । आजको २१ औं शताब्दीमा जनता लाटो छैनन् ।

नेपालका जनता आँ गर्दा अलङ्कार बुझ्ने भैसकेका छन् । तसर्थ सरकारले कम्तिमा यो बेला अलोकप्रिय लाग्ने काम अघि नबढाए हुन्थ्यो भन्ने हो । यो कानुन आएको अवस्थामा अदालतको निष्पक्षता र जनविश्वासमा ठाडो हस्तक्षेप गर्नेछ । यदि यो कानुन लागू भयो भने समाजमा अस्थिरता बढ्ने निश्चित छ ।

भ्रष्टाचार, बलात्कार, हत्या र मानव बेचबिखनका अपराधीलाई समेत आममाफी दिने गरी कानुन ल्याइँदै गरेको समाचारले सम्पूर्ण नेपालीलाई झस्काएको छ । धेरैलाई स्तब्ध पार्ने काम केपी शर्मा ओली नेतृत्वकै बेला आउनु पर्ने नियमित आकस्मिकता मात्रै होइन । हामीसँग कानुन छ तर कानुन नियमन गर्ने निकाय फितलो छ ।

नेपालको संविधानले निर्देशित गरेको कानुन अनुसार भ्रष्टाचार, यातना, जबर्जस्ती करणी, हत्या, विस्फोटक पदार्थ, अपहरण, शरीर बन्धक तथा व्यक्ति बेपत्ता, मानव बेचबिखनका साथै ओसारपसार, सम्पत्ति शुद्धीकरण र तीन वर्षभन्दा बढी कैद सजाय हुने लागूऔषध कारोबारजस्ता ११ प्रकारका जघन्य अपराधका कसुरमा आममाफी दिन नमिल्ने कानुनी व्यवस्था छ ।

तर, सरकारले ती सबै प्रकारका कानुनलाई सूचीबाटै हटाएर संशोधनसहितको विधेयक संसदमा पेस गर्ने तयारी गर्नु सरकारको घातक काम हो । यस प्रकारका कामले सरकारको लोकप्रियता घटने निश्चित छ । सरकार जनता बिच्काउने काम नगर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?