ट्रेंडिंग:

>> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ

बढैयातालमा मुडा बनाउने तालिम सुरु, महिलाको सीप विकासमा तीन पक्षीय सहकार्य

१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

‎बढैयाताल, १८ साउन ।

‎‎बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं। ५ मा रहेको मैगर कृषि सहकारी संस्थाको आयोजनामा आजदेखि १० दिने मुडा सम्बन्धी तालीम सुरु भएको छ।

लि वार्ड संस्था, मैगर कृषि सहकारी संस्था र तालिममा सहभागी शेयर सदस्यहरू बिचको तीन पक्षीय आर्थिक सहकार्यमा तालिम सञ्चालनमा आएको हो।

‎तालिम सहकारी संस्थाको आफ्नै भवनमा सुरु गरिएको हो। यस तालिममार्फत सहभागीहरूलाई बाँसको उपयोग गरेर टिकाउ, आकर्षक र बजारमुखी मुडा बनाउन आवश्यक सीप प्रदान गरिँदै छ। तालिममा स्थानीय १५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको छ।

‎‎मैगर कृषि सहकारी संस्थाका अध्यक्ष किसनी चौधरीका अनुसार यो तालिम महिलाहरूको आत्मनिर्भरता र सीप विकासका लागि निकै महत्त्वपूर्ण हुनेछ। “हामीले उत्पादनमुखी र जीविकोपार्जनमा आधारित कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएका छौँ।

मुडा बनाउने जस्ता सिपमूलक तालिमले महिलाहरूलाई घरमै बसेर आम्दानी गर्न सक्ने वातावरण बनाउँछ,” अध्यक्ष चौधरीले भनिन्।

‎‎उनका अनुसार तालिम पश्चात् सहकारीले उत्पादित सामग्रीहरूको बजार खोजीमा समेत सहयोग पुर्‍याउने छ। सीपमात्र भएर पुग्दैन, उत्पादनको बजार सुनिश्चित गर्न सकिएमा मात्रै महिलाहरूको जीवनस्तरमा सुधार आउँछ, उनले थपिन्। उनले थपिन्।

‎‎लि वार्ड बाँस गढी शाखाका कार्यक्रम संयोजक सुजन भण्डारीले तालिमको सुरुवातमा बोल्दै तालिमको उद्देश्य र महत्त्वका बारेमा जानकारी दिए। “स्थानीय स्रोत साधनको उपयोग गरी दिगो स्वरोजगार सिर्जना गर्न सकियो भने रोजगारीका लागि अन्यत्र जानु नपर्ने अवस्था आउँछ,” उनले भने।

‎भण्डारीका अनुसार बाँसजस्ता सस्तो र सजिलै उपलब्ध हुने कच्चा पदार्थलाई सृजनात्मक वस्तुमा रूपान्तरण गरेर बजारमा बिक्री गर्न सक्ने क्षमता विकास गराउनु तालिमको प्रमुख लक्ष्य हो।

“बाँसमा थुप्रै सम्भावना छन्, तर त्यसको प्रयोग र सृजनामा हामी पछि परेका छौँ। यस्तो तालिमले त्यो आर्थिक समस्या हटाउने विश्वास लिएको छौँ,” उनले उल्लेख गरे।

‎तालिममा सहभागी भएकी विना थारु भन्छिन्, “हामी पहिला बाँसबाट मुडा कसरी बनाउने भन्ने जान्दैन थियौँ। अहिले प्रशिक्षकले सिकाइरहनु भएको छ, निकै रमाइलो पनि लागिरहेको छ र काम लाग्ने सिप पनि सिकिँदै छ।”

‎त्यस्तै अर्की सहभागी रामकुमारी थारूले भनिन्, “हामीले बाँस त खेतको बार लगाउन मात्र प्रयोग गरेका थियौँ। अहिले थाहा भयो, बाँसबाट धेरै किसिमका सामग्री बनाउन सकिने रहेछ। तालिमपछि आफ्नै व्यवसाय थाल्न पनि सकिन्छ भन्ने आशा लागेको छ।”

‎१० दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूले मुडा बनाउने सम्पूर्ण चरण बाँसको छनोट, काँटछाँट, डिजाइन, बुनाई, र मुढा तयार पारी अन्तिम रूप दिने सीप सिक्ने छन्। तालिममा स्थानीय सीपयुक्त प्रशिक्षकहरूको समूहले प्रशिक्षण दिइरहेका छन्।

‎तालिममा सहभागीहरूमध्ये सबै महिला कृषक हुन्, जसले विगतमा कुनै औपचारिक सीप तालिम पाएका थिएनन्।

तालिमको पहिलो दिनमै सहभागीहरूले बाँस छान्ने र काट्ने अभ्यास गरेका थिए भने दोस्रो दिनदेखि ढाँचाबद्ध बुनाइमा प्रवेश गरिने छ।

‎मैगर कृषि सहकारी संस्थाले तालिम पश्चात् एक सामूहिक उत्पादन इकाई स्थापना गर्ने योजना समेत अघि सारेको छ। अध्यक्ष चौधरीका अनुसार, “सहकारीका सदस्यहरूलाई प्राथमिकतामा राखी सामूहिक रूपमा मुडा उत्पादन गर्ने कार्यशाला निर्माण गर्ने योजना छ।

उत्पादनलाई सहकारीमार्फत बजारमा पुर्‍याउने तथा आवश्यक परे अन्य स्थानमा तालिम पुनः सञ्चालन गरिनेछ।”

‎बढैयाताल गाउँपालिकाले पनि यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको छ। बढैयाताल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तुलाराम थारूका अनुसार, स्थानीय स्तरमै स्वरोजगार सिर्जना गरी समावेशी विकासमा जोड दिइएको छ।

बाँस, ढकना, मुडा, डाली जस्ता सामग्री उत्पादन गर्ने सीप विकास गरेर महिला, दलित तथा विपन्न वर्गको आर्थिक उत्थानमा सहयोग पुगोस् भन्ने पालिकाको उद्देश्य छ।

‎बढैयाताल गाउँपालिकाको ग्रामीण क्षेत्रमा यस्तो सीपमूलक तालिम सञ्चालन हुनु आफैँमा सकारात्मक पहल हो। मुडा बनाउने परम्परागत सीपलाई व्यवस्थित र आधुनिक स्वरूप दिन सक्ने हो भने यसले स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने सम्भावना उच्च छ।

सहभागीहरूले प्राप्त गरेको सिपलाई व्यवहारमा उतारी स्वरोजगारमा लागे भने भविष्यमा यस क्षेत्रलाई बाँसका सामग्री उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?