Butwal Today

दाङमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु 

१८ श्रावण २०८२, आइतबार
अ+
अ-

दाङ ,१८ साउन ।

दाङमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

दाङको बिरौजीमा पैदल हिडिरहेको समयमा  तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ६५ वर्षका गौमती रोकालाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोकालाई बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलले हिजो ठक्कर दिएको थियो । रोकाको भेरी अस्पताल नेपालगन्ज बाँकेमा उपचारको क्रममा हिजो साढे ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

रोकाको दुवै खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । घाइते रोकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो ।

शनिबार  दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीमा कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा. ५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल यात्री रोकालाई ठक्कर दिएको थियो ।

ठक्कर दिने मोटरसाइकलमा दुई जना सवार रहेका थिए । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका– ७ का १६ वर्षका लक्ष्मण भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।