© २०२३
बुटवल, १८ साउन ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सवका लागि काठमाडौंमा भेला सम्पन्न गरिएको छ ।
भेलाले सर्वसम्मत रुपमा हीरक महोत्सव सम्पन्न गर्न आवश्यक तयारीका लागि काठमाडौ उपसमिति तथा सल्लाहकार समिति निर्माण गरेको छ ।
समितिको संयोजकमा दीपक ज्ञवाली रहेका छन् भने सहसंयोजकमा केवल ज्ञवाली रहेका छन् । त्यस्तै सदस्यहरुमा विमल ज्ञवाली, अच्युत पन्थी, पवन अर्याल, रीता ज्ञवाली, प्रकाश ज्ञवाली (लामिडाँडा), रमेश ज्ञवाली, ढुण्डिराज ज्ञवाली, रोशन ज्ञपाली, दशरथ ज्ञवाली, सुरज ज्ञवाली, नारायण ज्ञवाली र मिनराज ज्ञवाली रहेका छन् । एक जना सदस्य पछि थप गर्ने बताइएको छ ।

त्यस्तै सल्लाहकारहरुमा संयोजक चन्द्रमणि ज्ञवाली र सदस्यहरु मीना ज्ञवाली, बाबुराम ज्ञवाली, सुरेन्द्र अर्याल, पूर्वप्रअ चतुर्भुज ज्ञवाली, कमला ज्ञवाली (भद्रेपाटा) र सोमा राना रहेका छन् ।
भेलाका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञवाली र विद्यालयका प्रधानाध्यापक डोलबहादुर घर्तीले हीरक महोत्सवलाई भव्य बनाउने गरी भैरहेका तयारीबारे जानकारी गराएका थिए ।
२०१८ सालमा स्थापना भएको यो विद्यालयले आगामी फागुन १ गते हीरक महोत्सव मनाउँदै छ । हीरक महोत्वसका अवसरमा स्मारिका समेत प्रकाशन गरिने विद्यालयले जनाएको छ ।