ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

लुम्बिनीमा अक्सफोर्ड माविको भव्य स्वागत समारोह, हास्य कलाकार गजुरेलको विशेष प्रस्तुति

१७ श्रावण २०८२, शनिबार
१७ श्रावण २०८२, शनिबार

बुटवल ।

बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले लुम्बिनीको शान्तिभूमिमा भव्य कार्यक्रम आयोजना गर्दै कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ।

कार्यक्रम कक्षा १२ का विद्यार्थी सन्देश भण्डारीको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने प्रमुख अतिथिको रूपमा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीको उपस्थिति रहेको थियो।

स्वागत समारोहमा अभिभावक संघ केन्द्रीय सदस्य तथा रूपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, विवेस अध्यक्ष दुर्गादत्त भण्डारी, क्याम्पस प्रमुख मनोज मरासिनी, अध्यक्ष अजित खनाल, संयोजक नारायण सापकोटा, भरत क्षेत्री र बालकृष्ण पोखरेललगायत विशिष्ट व्यक्तिहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा चर्चित हास्य कलाकार मनोज गजुरेलले आफ्ना झरझरिला प्रस्तुतिहरूमार्फत सहभागीहरूलाई भरपूर हसाँउँदै मनोरञ्जन प्रदान गरे। उनको प्रस्तुति कार्यक्रममा नयाँ ऊर्जा थपिएको सहभागीहरूको प्रतिक्रिया थियो।

त्यस्तै, कक्षा १२ का विद्यार्थीहरूले नृत्य र सांस्कृतिक प्रस्तुतिहरू मार्फत नयाँ विद्यार्थीहरूलाई स्वागत गरे। कार्यक्रमलाई थप प्रेरणादायी बनाउन मोटिभेसनल स्पिकर उपेन्द्र अधिकारीले विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित हुन र सफलता हासिल गर्ने उपायहरूबारे प्रेरणादायी विचार राखे।

विद्यालयका प्राचार्य दिनेश भुसालले अक्सफोर्डलाई आगामी केही वर्षभित्रै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्र बनाउने लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि गृहकार्य सुरु भइसकेको बताए। विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने वातावरण निर्माण गर्ने अठोट उनले दोहोर्‍याए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमाकान्त तिवारीले अक्सफोर्डले विगतदेखि नै उत्कृष्ट नतिजा दिँदै आएको स्मरण गर्दै यसै महिनामा प्रकाशित हुने कक्षा १२ को नतिजामा विद्यालयले देशमै पहिलो स्थान हासिल गर्ने विश्वास व्यक्त गरे। साथै, उनले शिक्षालाई व्यवहारिकतासँग जोड्नुपर्ने कुरामा जोड दिए।

कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी, अध्यक्ष अजित खनाल, दुर्गादत्त भण्डारी लगायतका वक्ताहरूका साथै विद्यार्थी प्रतिनिधिहरू—प्रतिक भण्डारी, द्विजा आचार्य, विभेचना प्रसाई, सन्ध्या यादव र स्वीकृति अवस्थीले पनि आ-आफ्ना विचार व्यक्त गरे।

कार्यक्रमको सञ्चालन विज्ञान हमाल र निकिता चौहानले गरेका थिए भने संयोजनको जिम्मेवारी झविन्द्र मरासिनीले सम्हालेका थिए। कोर्डिनेटर बालकृष्ण पोखरेलले कार्यक्रमलाई प्रेरणा, मनोरञ्जन र आपसी सद्भावको अनुपम संगम भएको प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?