ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मिडिया सोसाइटीको २२ औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

काठमाडौँ —

नेपाल मिडिया सोसाइटीको २२औं वार्षिक साधारणसभा सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काठमाडौँको होटल याक एन्ड यतिमा शुक्रबार भएको साधारणसभाले आगामी चार वर्ष (२०८२–२०८५) का लागि नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ ।

स्वायत्त, साझा र गैरनाफामूलक संस्थाको रूपमा सञ्चार क्षेत्रमा सक्रिय मिडिया उद्यमी तथा सञ्चारगृह सञ्चालकहरूलाई संगठित गर्दै आएको नेपाल मिडिया सोसाइटीको सभाबाट संस्थापक अध्यक्ष कैलाश सिरोहिया (कान्तिपुर मिडिया ग्रुप) र क्याप्टेन रामेश्वर थापा (अन्नपूर्ण मिडिया नेटवर्क) लाई सल्लाहकार समितिमा चयन गरिएको छ ।

सभाबाट अध्यक्षमा मदन लम्साल (आर्थिक अभियान), निवर्तमान अध्यक्षमा शुभशंकर कँडेल (एबीसी टीभी), उपाध्यक्षहरूमा धर्मराज भुसाल (हिमालय टीभी) र महेश स्वाँर (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे दैनिक) र कोषाध्यक्षमा जनक पन्त (टीभी टुडे) चयन भएका छन् ।

यस्तै सदस्यहरूमा डा. बालकृष्ण चापागाईं (दैनिक पत्र दैनिक), निकिता पौडेल (गोपीकृष्ण टीभी फिल्मी), विनोद पौडेल (मिसन टुडे), सुरेन्द्रबहादुर सिंह (गौरीशंकर टिभी) र राजन पोखरेल (द हिमालयन टाइम्स) चुनिएका छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष सिरोहियाले मिडिया सोसाइटीको स्थापना, संस्थाले गरेका उल्लेखनीय कार्यहरू र नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई दिएका थिए ।

यस्तो छ नेपाल मिडिया सोसाइटीको काठमाडौं घोषणा , २०८२

नेपाली मिडियाको समेत सक्रिय सहभागितामा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले दशक पार गरिसकेको छ । आफ्नै प्रत्यक्ष सहभागितामा स्थापित गरेको शासनव्यवस्थामा पनि नेपाली मिडियाले इतिहासमै संकटको सामना गरिरहेको छ । यस्तो प्रतिकूल अवस्थामा मिडिया उद्यमीहरूको साझासंस्था नेपाल मिडिया सोसाइटीको काठमाडौं भेला तथा साधारण सभा २०८२ साउन १६ गते काठमाडौंस्थित होटल याक एन्ड यतीमा निम्नलिखित काठमाडौँ घोषणापत्र जारी गर्दै सफलतापूर्वक सम्पन्न भएको छ ।

१.नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । यसले आमसञ्चार माध्यमलाई कुनै पनि सार्वजनिक विषयमा समाचार प्रकाशन/प्रसारण गर्ने अधिकार सुनिश्चित गरेको छ । संविधानले दिएको त्यही अधिकारको उपभोग गर्दा पत्रकार र सञ्चारमाध्यमले फौजदारी अभियोग समेतको सामना गर्न परिरहेको छ । यसमा साइबर कानुनको समेत दुरुपयोग गरिएको छ । नेपालको संविधान र प्रेस स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा मर्म र भावना विपरीतका कार्य बन्द गरियोस् ।

२.सबै क्षेत्रमा निजीकरणको वकालत गर्ने सरकार आमसञ्चार माध्यमको हकमा भने ठीक उल्टो गतिमा छ । गणतन्त्र स्थापना भइसक्दा पनि सरकारी मुखपत्रका लागि सरकारी बजेट परिचालन भइरहनु दुखद विडम्बना हो । विशेषगरी विज्ञापन ऐनको मूलमर्म विपरीत सरकारी विज्ञापन नीति निजी क्षेत्र मैत्री बन्न सकेको छैन । तसर्थ पूर्ण प्रेस स्वतन्त्रताको अर्थ सबैका लागि समान खेलमैदान उपलब्ध गराउने आधारभूत सिद्धान्तलाई सरकारी विज्ञापन वितरणमा प्रतिविम्बित हुनुपर्छ ।

३.प्रस्तावित मिडिया काउन्सिल विधेयक मिडिया क्षेत्रको प्रवर्धनका लागि भन्दा बढी नियन्त्रणकारी निकायका रूपमा थोपर्ने दुष्प्रयत्न देखिइरहेको छ । अहिलेसम्मको सरकारी रवैया, संसदीय समितिमा चलेका छलफल समेतलाई ध्यान दिएर आमसञ्चारमाध्यमका लागि छाता ऐन निर्माण गरेपछि मात्र त्यससँग सरोकार राख्ने अन्य ऐन बनाउने स्वाभाविक प्रक्रियामा फर्किन सार्वभौम संसद् र जिम्मेवार सांसदहरूसँग समेत हार्दिक अनुरोध गर्दछौँ । मिडिया स्वनियमनका आफ्नै मूल्य र मान्यता छन् । सरकारले मिडिया उद्योगहरूलाई त्रसित बनाउने हतियारका रूपमा स्वनियमनको आग्रह गर्ने रवैया पूर्णतः उदार लोकतन्त्र विरोधी अधिनायकवादी शैली हो भन्ने सबै पक्षलाई प्रस्ट हुन आग्रह गर्दछौँ ।

४.नेपालको संविधानमा उपभोक्ता अधिकारलाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएकाले सोहीअनुसार आम नागरिकले उपभोग गर्ने सवैखाले उत्पादित बस्तु तथा सेवा विक्री गर्ने फर्म तथा उद्योगले आफ्नो कुल बिक्रीको ३ देखि ५ प्रतिशत रकम आमसञ्चार माध्यममार्फत नियमित आफ्ना उत्पादन तथा सेवाको प्रचार प्रसार गरी उपभोक्तालाई सूसुचित गराउने व्यवस्था कार्यान्वन गर्ने र गराउने व्यवस्थालाई अनिवार्य गर्न सहजीकरण गरियोस् । साथै, विदेशबाट आयात भएर नेपालमा बिक्री हुने तयारी खाद्य तथा पेय पदार्थ, तयारी पोसाक तथा अन्य पहिरनका सामानहरू, मोबाइल फोन, टिभी लगायतका सञ्चार उपकरणहरु, घरायसी विद्युतीय तथा अन्य भान्साका उपकरणहरूका ब्रान्ड धनीहरूले वा आयातकर्ताले ती सामानको आयात मूल्यको ५ देखि ७ प्रतिशत रकम आमसञ्चार माध्यमहरूमा मूल्य सूची लगायत प्रकाशन तथा प्रसारण गरी उपभोक्तालाई सुसूचित गर्नै पर्ने व्यवस्था गर्नु आवश्यक छ । यो व्यवस्था प्राकृतिक न्यायको दृष्टिले पनि जरुरी छ । किनभने हाल यस्ता वस्तुहरूको सूचना नेपालमा सहजै प्रसारण भइरहेका विदेशी सञ्चारमाध्यमबाट भइरहेको छ । जुन वजारमा वस्तुको विक्री हुने हो त्यसको प्रचार प्रसार पनि सोही घरेलु (देश) बजारमा नै हुन पर्छ ।

५.विदेशी शैक्षिक संस्थाहरुका विज्ञापन हेरेर नेपाली विद्यार्थीहरु विदेश गैरहेका छन् । सरकारले केही वर्ष यता शैक्षिकसंस्था, बिमालगायत विभिन्न क्षेत्रहरुको विज्ञापन खर्चमा कडाइ गरेको छ । निजी शैक्षिक संस्थाहरूले आफ्नो सेवा प्रवद्र्धन गर्न नपाउने नीतिले विद्यार्थी, अभिभावक, शिक्षालय, लगायतमा नकारात्मक तथा अन्तरविरोधी असर परेको छ । बिमा कम्पनीहरूको विज्ञापनमा गरिएको कडाइले बिमासम्बन्धी जानकारी प्रवाहमा अवरोध पुगेको छ । यसखाले प्रतिबन्धात्मक तथा निषेधात्मक प्रावधानलाई सच्याउन नेपाल सरकार समक्ष गम्भीर ध्यानाकर्षण गराउँछौ ।

६. कुसूचनाको खेतीबाट सिर्जित भ्रमले सामाजिक सञ्जाल असामाजिक बन्दै गएको वैश्विक भ्रमात्मक सूचना महामारीले हाम्रो देश र समाजलाई पनि गम्भीर रुपले आघात पारिरहेको छ । यस्तो गम्भीर अवस्थालाई कसरी व्यवस्थित गर्नेभन्दा पनि आफ्नो विरोध कसरी रोक्ने भन्ने सरकार र जिम्मेवार राजनीतिक दलहरु तल्लीन हुनु स्वस्थ लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय बन्न थालेको छ । अर्कोतिर सञ्जालमा अनलाइन विज्ञापनको नाममा मुलुकको ठूलो धनराशि अनधिृकत रूपमा बाहिरिएको छ । त्यस खाले विज्ञापन शैली अपनाउँदा राज्यको करको दायरालाई समेत गम्भीर असर परेकोप्रति सरकार उदासीन हुनु विडम्बनापूर्ण छ । यसतर्फ सम्बन्धित निकायले तत्काल यथोचित पहल लिएर सुस्पष्ट वैधानिक र स्वाभाविक शैली अवलम्बन गर्न ध्यानाकर्षण गराउन चाहन्छौं ।

७.विज्ञापन बजारमा सञ्चार संस्थाहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले प्रतिकुलता थपिएको छ । यसलाई मर्यादित बनाउन न्यूनतम दर रेट र पारदर्शिता सहितको आचारसंहिताको पालना गर्न यो सम्मेलन सम्पूर्ण सञ्चार उद्यमीहरूलाई आग्रह गर्दछ ।

बोधराज त्रिपाठी

महासचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?