© २०२३
बर्दघाट, १७ मंसिर ।
कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ (क्यान महासंघ) पश्चिम नवलपरासीको जिम्मेवारी पुनः सन्तोष रौनियारले पाएका छन् । शनिबार सम्पन्न क्यान महासंघको छैटौँ जिल्ला अधिवेशनले रौनियारलाई दोश्रो कार्यकालको लागि जिम्मेवारी सुम्पिएको हो । ७ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा गणेश न्यौपाने, सचिवमा डिक बहादुर पाण्डे क्षेत्री, सह सचिवमा दिपक न्यौपाने र कोषाध्यक्षमा केदारनाथ चौधरी निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा नारायण प्रसाद पाण्डे र पदेन सदस्यमा निवर्तमान अध्यक्ष युवराज डुम्रे चयन भएका छन् ।
कार्यक्रममा क्यान नवलपरासीका संस्थापक अध्यक्ष श्रीधर बस्याल, निवर्तमान अध्यक्ष युवराज डुम्रे, पत्रकार रामु भुसाल, मुक्ति तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्यालले सूचना प्रविधि अहिले हरेक क्षेत्रको अभिन्न पाटो रहेको बताउँदै संख्यात्मक भन्दा पनि गुणात्मक विकास हुनुपर्नेमा जोड दिएका थिए ।
क्यानका सचिव गणेश न्यौपानेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केदार चौधरीले आय ब्यय विवरण प्रस्तुत गरेका थिए भने अध्यक्ष रौनियारले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । क्यान नवलपरासीमा २६ सदस्य रहेका छन् ।