ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

रामपुरको वेझाँड बजारमा हाई मास्क लाइट जडान

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

पाल्पा, १६  साउन ।

रामपुरको मुख्य बजार वेझाँड बजार चोकमा हाई मास्क लाइट जडान गरिएको छ । रामपुर नगरपालिकाको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत हाई मास्क लाइट जडान गरिएको हो ।

बजार क्षेत्रको सुरक्षा सँगै सौन्दर्यीकरणका लागि बजारको चोकमा लाइट जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । विशेष गरी रातको समयमा बजार क्षेत्रमा सहज रूपमा आवत जावत गर्न र व्यापारिक सुरक्षाका लागि लाइटको व्यवस्था गरिएको उनले बताए ।

बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन सुरक्षाको हिसाबले आवश्यक ठानेर बत्ती जडान गरिएको नगर प्रमुख थापाले बताए । बजारमा अटोमेटिक सिस्टम सहितको हाई मास्क लाइट जडान गरिएको र उक्त लाइटको विद्युत् महशुल नगरपालिकाले भुक्तान गर्ने नगर प्रमुख थापाको भनाई छ ।

बजारको सुरक्षा सँगै व्यवसायीहरूको सहजताका लागि हाई मास्क लाइट जडान गरिएको वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताए । जिल्लाकै मुख्य व्यापारिक केन्द्र वेझाँड बजारमा रातको समयमा सहज होस भन्ने उद्देश्यले लाइट माग गरिएको र उक्त माग अनुसार ऊर्जा ,जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत योजना सम्पन्न भएको उनले बताए ।

वेझाँड बजारको उज्यालो शहर अन्तर्गत वडा भित्रका विभिन्न स्थानका सडक र चोकहरूमा सडक बत्ती जडान गरिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिए । लाइट जडान सँगै रातको समयमा अबेर सम्म पसल व्यवसाय सञ्चालन गर्न र पसलको सुरक्षाका लागि सहयोग पुग्ने रामपुर वेझाँड बजार चोकका व्यवसायी ढुंगाना स्टोर्सका घनश्याम ढुङ्गानाले बताए ।

रामपुर नगरपालिकाले माग गरे अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लुम्बिनी प्रदेश मार्फत ६ लाख रुपैयाँ बराबरको लागतमा १६ मिटर उचाइ, प्रति वल्ब ३ सय वाट क्षमता रहेको ८ वटा गरी २ हजार ४ सय वाट क्षमताको लाइट जडान गरिएको हो ।

यसबाट वेझाँड बजार चोक क्षेत्रका ३ सय मिटर वरपर सम्म उज्यालो हुने छ । जडान गरिएको हाई मास्क लाइट गर्मीको समयमा साँझ ७ बजे देखि बिहान ५ बजे सम्म र जाडोको समयमा साँझ ६ बजे देखि बिहान ६ बजे सम्म साथै आवश्यकता अनुसार स्वचालित (अटोमेटिक) रूपमा बल्न र बन्द गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?