© २०२३
स्वस्तिक श्रेष्ठ
बुटवल, १७ मंसिर
अन्तराष्ट्रिय अपाङता दिवसमा सहयोग सामग्री वितरण गरिएको छ। ३० औं अपाङता दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले देविनगरस्थित नेपाल अपाङ आश्रमका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाजा खुवाएर मनाएको हो।
कार्यक्रममा समाजका निवर्तमान सभापति हरिश ढकाल, समाजका सभापती कृष्णप्रसाद भट्टराई, सचिव कृष्ण पाण्डे, सदस्य केशवराज पाण्डे, अर्जुन कुवरले नेपाल अपाङ आश्रमका ब्यवस्थापक डोल बहादुर रामदानलाई सहयोग सामग्री वितरण गरेका थिए।
कार्यक्रममा समाजका निवर्तमान सभापति हरिश ढकालले अपाङता भएकाहरुको हकहितमा काम गर्ने संस्थाहरु एकतावद्घ भई लाग्न सुझाव दिए। अपाङता भएकाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको भन्दै उनले सरकारबाट आवश्यक नीति नबन्दा देशमा रहेका ठूलो संख्यामा रहेका अपाङता भएका समुदायहरु समस्यामा परेको बताए।
कार्यक्रममा समाजका सभापती कृष्णप्रसाद भट्टराईले सामाजिक भावना सहित वर्षभरि नै विभिन्न दिवसमा अधिकारको विषयमा आफुहरु वकालत गर्दै आएको बताए। फरक क्षमता भएका समुदायको हकमा तीन तहकै सरकारको ध्यान जानुपर्ने बताए। स्वयंसेवी भावनाका साथ अग्रसर रहेको समाजबाट आगामी दिनहरुमा थप सहयोग गर्ने बताए।
कार्यक्रममा नेपाल अपाङ आश्रमका ब्यवस्थापक डोल बहादुर रामदानले समाजसेवी र दाताहरुको सहयोगबाट आश्रम संचालन गरेको बताए। धेरै लामो प्रयासपछि जग्गा प्राप्ति र भवन निर्माण गर्न सफल भएको भन्दै उनले सरकारबाट आवश्यक सहयोगको माग गरे। धेरै पटक सरकारसंग माग गरेपनि सुनुवाई नभएको उनले गुनासो गरे। सरकारले अपाङता भएकाहरुलाई रोजगार सृजना हुने खालको तालिमहरु ल्याउने तथा असक्तहरुलाई भत्ताको ब्यवस्था गर्न आग्रह गरे। आश्रममा हाल ८ जना विद्यार्थी सहित विभिन्न अपाङता भएका ३८ जना आश्रित छन।