ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

गाउँको सडक १२ पटकमा पनि बनेन 

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

रामेछाप, १६ साउन । 

पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीको कारण रामेछापमा निर्माणाधीन सडक आयोजना अलपत्र परेका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिकामा निर्माणाधीन सडक योजना अलपत्र हुँदा नागरिकले हैरानी खेप्नु परेको छ ।

खिम्ति–फर्पु–नामाडी–बेताली– रस्नालु– ठोस सडकको रस्नालु गाउँपालिकामा पर्ने ९ किलोमिटर सडक समयमा नबन्दा सो सडक भएर यात्रा गर्ने यात्रीहरूले सास्ती बेहोरिरहेका छन् । गोकुलगंगा गाउँपालिकामा ९ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि २०८० को असार मसान्तमा काम सुरु भएको थियो ।

तर हालसम्म पनि सडक निर्माणको काममा ५० प्रतिशत पनि प्रगति भएको छैन । बेताली–रस्नालु–गर्जाङ सडकको बेताली–भिमसेनस्थान खण्डको ४.५ किलोमिटर सडक निर्माणको लागि ईश्वरी कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो । त्यस्तै दार्खाखोला–बुर्के–धारापानी खण्ड ४.५ किलोमिटर सडक निर्माणको जिम्मा पाँचपोखरी निर्माण सेवाले पाएको छ ।

स्थानीय सचिन कार्कीका अनुसार दुवै सडक खण्डको निर्माण अति सुष्त गतिमा भएको छ । ‘व्यवसायी भन्छन् रकम निकासा भएन, कार्यालय भन्छ व्यवसायीले काम गरेन, यी दुई पक्षबीचको आरोप प्रत्यारोपको हैरानी भने स्थानीयले खेप्नु परेको छ’, उनले भने ।

सडकमा निर्माणको काम अति सुस्त रहेको गोकुलगंगा गाउँपालिका–५ नामाडीका वडा अध्यक्ष दीपक कार्की बताउँछन् । ‘म्याद थप्ने, काम नगर्ने प्रवृत्तिले हैरान पारेको छ’, उनले भने ।

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा काममा केही प्रगति भए पनि २०८१/०८२ मा काम ठप्पजस्तै रह्यो । अहिले पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्र प्रसाद पुनको नेतृत्वमा डोजरले मनपरी काम गर्दा सडक झनै बिग्रिएको उनले बताए ।

निर्माण व्यवसायीले समयमै काम नसकेका कारण सडकको अवस्था अस्तव्यस्त रहेको गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशको गुनासो छ । ‘सडक पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुने अवस्था छ, जोखिम मोलेर यात्रा गर्नुपरेको छ’, उनले भने ।

गाउँपालिकाले यसबिचमा सम्बन्धित निकायलाई १२ पटकसम्म ध्यानाकर्षण पत्र काटेको भए पनि ठोस परिणाम नआएको उनले गुनासो गरे । निर्माण व्यवसायीले पूर्वाधार कार्यालय लगायत कसैलाई पनि नटेरी काम नगरेको अध्यक्ष खड्काको आरोप छ ।

यी दुई खण्ड सडकका लागि ३० करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको छ । बेताली–भिमसेनस्थान खण्डको लागि १५ लाख ३९ हजार र दार्खाखोला–बुर्के–धारापानी खण्डको लागि १४ करोड ८५ लाख रुपैयाँ बजेट रहेको पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी इन्जिनियर द्रोणबहादुर चौधरीले बताए ।

उनले सडक योजनाको काम सक्न निर्माण व्यवसायीले पटक–पटक ताकेता गर्दा पनि काम हुन नसकेको स्विकारे । २०८२ असार मसान्तसम्म काम सम्पन्न गर्ने सर्तमा सम्झौता भएको भए पनि हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अब पनि काम नगरे क्षतिपूर्ति सहित कानुनी प्रक्रिया अगाडि बढाइनेछ’, उनले भने ।

सम्झौतामा निर्माणका क्रममा सडक आवतजावतमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि निर्माण व्यवसायीले त्यसप्रति ध्यान नदिँदा सडक अस्तव्यस्त बनेको उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?