ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

साउनमा हरियो चुरा र शिव महिमा

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

अहिले साउन महिना चलिरहेको छ । यतिखेर प्रकृतिमा जतासुकै हरियाली छाएको छ । बर्षायाम त्यसैमा साउन महिना हरियाली छाउनु स्वभाविकै छ । प्रत्येक वर्ष असार सकिन लागेसंगै महिलाहरूले हरियो, पहेंलो चुरा, मेहेन्दी, हरियो, पहेंलो लुगा लगाएर सजिन थाल्छन ।

साना साना बालिकादेखि युवतीहरू र पाका पुस्ताका महिलाहरू पनि असार महिनाको अन्तिमदेखि साउन महिनाभरी हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन । हिन्दु धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन भन्ने मान्यता रहेको छ ।

परम्पराका रूपमा महिलाहरूले पार्वतीेले जस्तो वर्त बस्ने, शिव मन्दिर जाने, चोखो बस्ने चोखै खाने गर्दछन । यो साउन महिना बोलबमका नामले पनि प्रख्यात छ । विशेषगरी यो प्रचलन विवाहित महिलाले आफ्नो सौभाग्यको रूपमा हरियो चुरा लगाउने गर्दछन भने अविवाहित युवतीले पनि राम्रो वर प्राप्त होस भन्ने उद्देश्यले हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन चलिआएको छ ।

प्राचीन किम्वदन्ती अनुसार मेहेन्दी, हरियो चुरा आदी पहिरेर व्रत बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ र परिवारमा सबैलाई राम्रो हुन्छ भन्ने विश्वास रहेको छ । प्राकृतिक जडिबुटीको लेप हाम्रो शरिरको स्वास्थ्यको लागि अनुकुल हुने भएकाले मेहेन्दीको रुखको पात पिसेर हात तथा कपालमा लगाउने चलन पहिलेदेखि नै चलिआएको पाइन्छ ।

एकातिर श्रृगार र अर्कातिर स्वास्थ्यका लागि पनि अनुकुल हुने भएकाले मेहेन्दी लगाउने चलन छ । यसरी हरियो रंग र मेहेन्दीको प्रयोगले सबैलाई प्रकृतिसंग नजिक गराउने र पहेंलोले भगवान शिव प्रतिको त्याग देखाउने भएकाले साउन महिनामा हरियो पहेंलो कपडा, मेहेन्दी र चुरा लगाउने चलन बढदै गएको देखिन्छ ।

हरिया, पहेंला बस्त्र तथा गरगहना लगाएर भगवान शिवको पुजा आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक बिश्वास र मान्यता रहेको छ । अर्को कुरा, हातमा लगाएको मेहेन्दी जति गाढा रंगको बस्छ, त्यती नै श्रीमान वा प्रेमीको मायाले पनि गहिराइमा पु¥याएर प्रेम बस्छ भन्ने भनाई रहेको पाइन्छ ।

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभर महिलाहरू हरियो चुरा र मेहेन्दी लगाउँछन र शिवजीको पूजा गर्छन । पछिल्लो समयमा यी सबै कुरा महिलाहरूबीच फेसन बन्न पुगेको छ । हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडी धार्मिक महत्व रहेको भनिन्छ ।

जे जे भने पनि यो चलन हुने खाने र सम्पन्न महिलाहरूबीच भाइरल नै बन्न पुगेको छ । धर्मशास्त्रमा जे जे भनेपनि, शहर बजारमा करिब दुइ दशकदेखि हरियो, पहेंलो चुरामा सजिने र यसैगरी पहेंला, हरिया लुगाहरूमा सजिने, हातमा जल बोकेर मन्दिर जाने चलन बढदै गएको छ ।

यतिमात्रै होइन केही समयदेखि नदीहरूबाट जल ल्याउने मन्दिरमा चढाउने र बोलबमको आवाजमा खाली खुटटा पैदल यात्रा गर्ने जस्ता गतिबिधी हुने गरेका छन । परापूर्व कालमा हाम्रा आमा हजुरआमा असार महिनाभर खेतबारीमा हिलोमा बिउ काड्ने, रोप्ने गर्दा हात र खुटटाका काप हिलोले खाएर घाउ हुने गथ्र्यो ।

सो घाउ निको पार्न हात र खुट्टामा तिउरीका नामले चिनीएको बोटबाट पातहरू टिपेर पिसेर लगाउने गर्थे । जुन जडिबुटी सरह दवाइको काम ग्रथ्यो । तर अहिले त्यो जमाना रहेन । गाउँघरमै मेहेन्दीका रुख मासिंदै गए, पछिल्लो पिंढीले ती रुख देख्न चिन्न पनि पाएका छैनन । पछिल्लो समय प्याकेटको मेहेन्दीले तहल्का पिटेको छ ।

गाउँगाउँमा यही प्याकेट पुगेको छ । गाउँघरमा खेत रोपेर भ्याइएको छैन । कतिपय खेतहरू आकासे पानीको भरमा रोप्नु पर्छ, पानी नपर्दा किसानहरू पुरपुरोमा हात राखेर बसेका छन् । पछिल्लो समय किसान अथवा खेत रोप्ने हिलोमा डुब्नेले होइनकी घर कम्पाउण्डदेखि गाडी, मोटरसाइकल चढेर बाहिर निस्कने घामसम्म नदेख्नेले मेहेन्दी र हरिया पहेंला चुरा तथा लुगामा सजिएका छन ।

बास्तविक किसानलाई बर्षभरको खर्चको जोहो गर्ने चिन्ताले सताईरहेको छ, उनीहरूलाई कामको भ्याइ नभ्याइ छ । अन्यतिर ध्यान नै पुगेको हुदैन । केही पैसा हुने र फुर्सद हुने गाउँले किसानले यो सबै गरेपनि ज्यालादारी मजदुर वास्तविक किसान साँझ बिहानको जोहो गर्दा ठिक्क छ ।

मेहेन्दी र चुरामा सजिन भ्याएका हुदैनन । मेहेन्दी, हरियो होस वा पहेंलो जुनसुकै चुरा छिमेकी देश भारतदेखि आउने गर्दछ । हुन त हाम्रो देशमा के पो बन्छर ? सियो देखि नुनसम्म सबै छिमेकी देशमा भर पर्नुपर्दछ ।

मेहेन्दी र हरियो, पहेंलो चुरामा सजिने भनेको प्रायः शहरिया महिलाहरू नै पर्दछन । पछिल्लोसमय दवाईका रूपमा नभएर मेहेन्दी फेसनका रूपमा भएको छ । अर्गानिक जडिबुटी नभै केमिकल युक्त मेहेन्दीले भारतको अर्थतन्त्रमा सहयोग पु¥याएको छ । महिलाहरूलाई फेसनका रूपमा बिष रोपीरहेको छ ।

साउन महिना शिवजीको आराधना गर्ने विशेष समयको रूपमा लिने गरिन्छ । यो महिनाभर पवित्र भै बस्ने, प्रत्येक सोमबार बर्त बस्ने अनि मन्दिर जाने गरिन्छ । असारको अन्तिम देखि सजिएका महिलाहरूले साउनभर चोखो खान्छन, प्रत्येक सोमबार कुनै निराहार त कुनै फलफुल खाएर बर्त बस्छन ।

कतिपय महिला अन्धबिश्वासमा आफ्नो स्वास्थ्यको प्रवाह नगरी वर्त गर्छन । नियमित खाने दवाई नखाने, खाली पेटमा दवाई खाने डाइवेटिज, पे्रसर , कोलेस्ट्रोल, थाइराइड, मुटुको दवाइ जस्ता दवाइ सेवन गर्ने महिला पनि स्वास्थ्यको ख्याल नगरी अरू बिमार बढाउँछन र परिवारका अन्य सदस्यलाई तनाव दिने काम गर्छन ।

आफ्नोे स्वास्थ्यको ख्याल राखेर साउनको बर्त गर्नुपर्ने हुन्छ । हाम्रा परम्पराका रूपमा रहेका केही बिषयहरू छन् त्यसलाई परिमार्जन गर्न जरुरी छ । तर, महिला दिदी बैनीहले परिमार्जन भन्दा पनि अरू धार्मिक भार बोक्ने गरेको देखिन्छ ।

साउनको हरियो चुराका बिषय मात्र नभएर अन्य हाम्रा रीतीथितीमा पनि बोझ थपिंदै गएको छ । हामीले बिबाहमा आएको बिकृतीले छोराछोरीका बिबाह कसरी गर्ने भन्ने चिन्ताले धेरैलाई सताएको छ ।

सामान्य अवस्थामा गरिने बिबाह छिमेकी देशको नक्कल गरेर हल्दी मेहेन्दी पार्टी भोजमा पुगेको छ । अरूले के गर्छन भन्नुभन्दा पनि आफुले के को लागि यो सबै गरिरहेको छु भन्ने बुझेर पर्वहरू मनाउँदा मितव्ययी तरिकाले मनाउन ठिक होला । सबैको कल्याण होस ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?