ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सामुदायिक वनको पहलमा गाउँ सहरजस्तै बन्दै

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार
  • चेतनशील सामुदायिक वन उपभोक्ता समूहले विकट मैनार–बुलकीय गाउँलाई चन्द्रौटा बजारसँग जोड्ने सडक, कल्भर्ट र सडक बत्ती निर्माण गर्‍यो।

  • २२ लाख रुपैयाँभन्दा बढी लगानी गर्दै गाउँको विकासमा सामुदायिक वनको आम्दानी प्रयोग गरिएको छ।

  • सडक, सिँचाइ, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा सुधार भई गाउँ बिस्तारै सहरजस्तो हुँदै गएको स्थानीयको भनाइ।

 

चन्द्रौटा, १६ साउन ।

“सामुदायिक वनले सामुदायिक उत्तरदायित्वमार्फत सडक सञ्जालसँग ग्रामीण भेगलाई जोडेको छ ।

सुगम नगरपालिकाको स्थापित स्थानको खोलानालाको विकट घना जङ्गलको बिचमा रहेको गाउँलाई सहर बजारसम्म बाटो, कल्भर्ट र सडक बत्तीसँग जोडेर सहजता पु¥याउनु सकारात्मक सन्देश हो ।”

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, मैनार गाउँका राजाराम थारुले भने । वडा नम्बर–३ मा रहेको चेतनशील सामुदायिक वन उपभोक्ता समूहले बाटो सामुदायिक उत्तरदायित्व अन्तर्गत जिम्मेवारी निर्वाह गरेको छ ।

स्थानीय मैनार बुलकीया गाउँवासीको समस्यालाई मध्यनजर गर्दै बाटोघाटो, कल्भर्ट निर्माण, उपभोक्तालाई उपचार तथा काजकिरिया खर्च, ब्लाङकेट वितरण, सडक बत्ती, सामुदायिक भवन लगायतको संरचना निर्माण गर्दा दर्जनौँलाई वनले रोजगारीसमेत सिर्जना गरेको छ ।

यस्तै, अर्की स्थानीय बुलकीय गाउँकी विमला थारुले सामुदायिक वनले संरचना निर्माण गरेर एकदमै सहज भएको बताइन् । उनले सडक र सडक बत्ती नहुँदा आवतजावतमा असहज हुँदै आएको बताउँदै वनले यी सबै संरचनाले हाम्रो गाउँलाई चन्द्रौटा बजारसँग जोडेपछि सहज भएको जिकिर गरिन् ।

उनले भनिन्– “पहिले रात परेपछि हिँड्नै गाह्रो हुन्थ्यो । अब त सडक बत्ती बल्छ, बाटो राम्रो छ, भाइबहिनीहरू पनि सहजै विद्यालय जान सक्छन्, आवतजावत गर्न सहज भएको छ ।”

विभिन्न वनले आम्दानी मात्रै गर्ने सामुदायिक उत्तरदायित्व बहन नगर्ने भए पनि अधिकांश सामुदायिक वन बदनाम भएको चेतनशील सामुदायिक वनका अध्यक्ष रामपाल थारुले बताए ।

वन संरक्षण गर्न सके स्थानीयलाई रोजगारी र आम्दानीको पाटोसँग जोड्ने निकै भरपर्दो माध्यम रहेको उनको भनाइ छ । २२ लाख बढीको लागतमा ‘आफ्नो गाउँ, आफै बनाऊँ’ भन्ने हेतुले गाउँमा लगानी गरेको उनले जनाए ।

वन समुदाय र वन्यजन्तुका लागि अपरिहार्य रहेको बताउँदै अध्यक्ष थारुले भने– “वन हरेक जीवनका लागि अति आवश्यक छ । त्यसैले वनलाई संरक्षण गरी यसबाट आम्दानी गरी समुदायको हितका लागि समेत कार्य गर्न सकिन्छ ।”

वनजंगलमा पाइने हरेक वस्तु आम नागरिकका लागि नभई नहुने हुँदा सबैको हातेमालो गरी सुरक्षा गर्न उनले स्थानीयलाई अध्यक्ष थारुले आग्रह समेत गरे । “सामुदायिक वन केवल आम्दानीको स्रोत मात्र होइन, समुदायको जीवनशैली, वातावरणीय सन्तुलन र भावी पुस्ताको सुरक्षासँग जोडिएको संवेदनशील क्षेत्र हो,” अध्यक्ष थारु भने ।

वनका सचिव अदालत थारुका अनुसार वन संरक्षणमा सही सोच र नेतृत्व भएमा गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । लाखौँ रुपैयाँ लगानी गरेर नारा उठायौँ– आफ्नो गाउँ, आफैँ बनाऊँ यसको अर्थ हो हामी बाहिर हेर्नुभन्दा पहिला आफ्नै स्रोत र सम्भावनाको सदुपयोग गरौँ ।

विकासका लागि मात्र होइन, चेतनाको लागि पनि हो,’ उनले भने । सचिव थारुले थपे–‘वन जङ्गलमा पाइने जडीबुटी, घाँस दाउरा, पानीका स्रोत, जैविक विविधता–यी सबै हामी सबैको जीवनका लागि आधार हुन् ।’ हामीले यदि आज संरक्षण गरेनौँ भने भोलिको पुस्ताले हामीलाई माफ गर्ने छैन ।

सयौँलाई रोजगारी दिएका थियौँ । सामुदायिक वनलाई धेरैले केवल काठ बेचेर पैसा कमाउने माध्यमको रूपमा मात्रै बुझ्दै आएका छन् । तर चेतनशील वनले त्यो बुझाइलाई गलत साबित गरिदिएको छ ।

अध्यक्ष थारु पुनः थप्छन् – “हामीले वनको संरक्षण मात्रै गरेनौँ, आम्दानीलाई समुदायकै सेवामा लगायौँ । वन हरेक जीवका लागि अनिवार्य छ । हामीले यसको संरक्षण गरे सँगै रोजगारी, आम्दानी र विकास पनि ल्याउन सक्छौँ ।”

यसैबिच अर्का स्थानीय राजविराम थारुले वनले समुदायमा गरेको लगानी अत्यन्तै प्रभावकारी रहेको बताए । सिँचाई, बाटो, सामुदायिक भवन र सडक बत्ती लगायतमा गरेको सामुदायिक वनको लगानीले मैनार, बुलकीयका आम नागरिकले प्रत्यक्ष लाभ लिएको बताए ।

सिँचाइ, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा सकारात्मक प्रभाव परेको महसुस गाउँलेहरूले गरेका छन् । स्थानीय राजविराम थारुले भने– “सामुदायिक वनको लगानीले हाम्रो गाउँ रूपान्तरण भएको छ । अब सिँचाइ छ, बाटो छ, सामुदायिक भवन छ–हाम्रो गाउँ बिस्तारै सहरजस्तो हुँदै छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?