ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सर्पदंशका बिरामी बढ्दै

१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार

लमही , १५ साउन ।

देउखुरी क्षेत्रको राजपुर गाउँपालिकामा सर्पको टोकाइबाट दुई जना घाइते भएका छन्। घाइतेहरूमा वडा नं. ४ फोहोरा निवासी ४ वर्षीय कार्तिक कुमाल र वडा नं. ५ की २५ वर्षीया बिन्दु यादव रहेका छन्।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमका अनुसार बिहीवार बिहान करिब ७ बजे घरमै सुतेको अवस्थामा कार्तिक कुमाललाई विषालु सर्पले दाहिने हातको हत्केलामा डसेको थियो। उनलाई तत्काल लमहीस्थित सर्पदंश उपचार केन्द्र लगिएको भए पनि गम्भीर अवस्थामा रहेकाले थप उपचारका लागि घोराही रेफर गरिएको छ। हाल उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

यस्तै, बिन्दु यादवलाई बुधवार राति ११ बजे घरमै सर्पले दाहिने हातको बुढी औलामा डसेको थियो। उनलाई गढवा सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। उनको स्वास्थ्य अवस्था हाल मध्यम रहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि देउखुरीकै राजपुर र खरदरियामा सर्पको टोकाइबाट निवृत्त शिक्षक शालिकराम यादवको ज्यान गएको थियो।

सर्पदंशका घटनालाई मध्यनजर गर्दै देउखुरी क्षेत्रका दुई स्थानिय तह — लमही र गढवामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। तर, गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक सुविधा जस्तै आइसियू र भेन्टिलेटर अभावले बिरामीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको स्थानीय पवन शर्मा रिजालले बताए।

उनका अनुसार देउखुरी क्षेत्रमा वार्षिक ५० भन्दा बढी बिरामीलाई आपतकालीन आइसीयू सेवा आवश्यक पर्ने गर्दछ । तर आवश्यक पूर्वाधारको कमीले अकालमै मृत्यु हुने घटना बढ्दै गएका छन्। त्यसैले स्थानीय तहहरू सर्पदंश उपचार सेवा सुदृढ गर्न गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ।

यसैबीच, लमही अस्पतालका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले अस्पतालमा सर्पदंशसम्बन्धी सबै उपचार सेवा उपलब्ध रहेको बताएका छन्।

सर्पले डसेका बिरामीलाई अन्यत्र नलगि सिधै लमही अस्पताल ल्याउन उनले आग्रह गरे। उनका अनुसार अस्पतालमा आवश्यक औषधि, एन्टी–भेनम, दक्ष स्वास्थ्यकर्मी तथा आपतकालीन सेवाहरू पूर्ण रूपमा उपलब्ध छन्। समयमै ल्याइएमा सर्पदंशबाट ज्यान बचाउन सकिने शर्माले स्पष्ट पारे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?