ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
आज खीर दिवस

दूधको उत्पादन बढाउन प्रोत्साहन गर 

१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार

नेपाली समाजमा साउन १५ को विशिष्ट महत्त्व छ । आदि परम्परादेखि नै घर घरमा चेलीबेटी बोलाउने र साउन १५ को दिन खीर खाने प्रचलन अहिले पनि कायमै छ । हरेक वर्ष साउन १ गतेदेखि नै नेपालीहरूको चाडपर्व सुरु हुन्छ ।

त्यसमा साउन १५ को दिनलाई खीर खाने दिनको रूपमा नेपालीहरूमा परम्परा बनिसकेको छ । खास गरी पहाडमा जहाँ घर घरमा दूध उत्पादन हुन्छ, ती स्थानमा खीर खाने मौलिक परम्परा छ । तराईमा पनि यो दिनलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन सुरु हुँदै छ ।

खीर दिवस मनाई रहँदा खीरका लागि चाहिने दूध उत्पादन गर्ने कृषकलाई भने प्रोत्साहन छैन । त्यसो त राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ गतेको दिनलाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

त्यसयता सरकारी स्तरबाट हरेक वर्ष साउन १५ गते खीर दिवस मनाउने औपचारितका पूरा हुँदै आएको छ । अर्थात खीर दिवस साउन १५ गते मनाउने गरिएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ गते खीर खाने नेपाल परम्परा प्राचीन कालदेखिको परम्परा हो ।

तर, पछिल्लो समय खीरको महत्त्व घटदै गएको हो कि भन्ने आभाष हुन थालेको छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण खाना एवं खाजाको रूपमा प्रयोग हुँदै आएको छ ।

पहिलेदेखि नै नेपाली समाजमा बर्षामा खेतीपाती गरेर थाकेका कृषकहरू खीर खाएर थकाई मार्ने र मनोरञ्जन गर्ने परम्परा रहेको थियो । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको भनाई पनि छ ।

दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । खीरको बिषय जीवजन्तुसंग पनि जोडिएको छ । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि खीर खान पाईन्छ ।

त्यही भएर साउन १५ गतेलाई खीर दिवसको रूपमा मनाउने प्रचलन सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । अर्कोतर्फ साउनदेखि चाडपर्व सुरु हुने र साउन १५ गतेकै दिन चेलीबेटीलाई घरमा बोलाएर खीर खुवाउने परम्परा चलेको हो तर अहिले खीर परम्परा पहाडमा चलिरहेपनि सहरमा भने प्रायः लोप भैसकेको अवस्था छ । युवा पुस्ता खीर भन्दा पनि तयारी खाजा र खानातर्फ बढी आकर्षित भएका छन ।

साउन भगवान् शिवको महिना पनि हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाउने परम्परा रहेको छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रीहरूको मत छ ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने चिकित्सकहरूको भनाई छ । पछिल्लोसमय पहाडबाट बढ्दो बसाईसराईका कारण गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएको छ ।

विगतका समयमा प्रत्येक घरमा गाईभैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र भएपनि परम्परा धान्ने र अरूलाई देखाउनकै लागि भएपनि खीर खानुपर्ने बाध्यता छ ।

यही बाध्यतालाई अव जीवन्त बनाउनु आवश्यक छ । किसानले उत्पादन गर्ने दूधकै कारण खीर दिवस मनाउन पाईएको कुरा ह्दयंगम गरौं । तसर्थ दूधको उत्पादन बढाउन सरकारले दूध उत्पादक किसानलाई प्रोत्साहित गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?