ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

राजा भर्तृहरिको वैराग्य र वर्तमान समाज

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

संस्कृत भाषा विश्वका भाषाहरूमा सबैभन्दा प्राचीन र सुसंस्कृत मानिन्छ । हाम्रा पौरस्त्य जगत्का व्याकरण, साहित्य, तन्त्र, ज्योतिष, आयुर्वेद आदि विभिन्न विषयहरू संस्कृत भाषामैँ लेखिएका छन् ।

त्यसैले त यी विषयहरू जान्नका लागि संस्कृत भाषाको अनिवार्य रूपमा ज्ञान हुनु आवश्यक मानिन्छ । संस्कृत भाषामा लेखिएका यी विभिन्न विषयहरूमध्ये साहित्य विषय अति विशाल, अनुपम, रसिलो र महत्वपूर्ण छ । यसो हुनुमा यसमा प्रयोग भएका रीति, वक्रोक्ति, अलङ्कार, छन्द आदिको अनुपम प्रयोग हो । त्यसैले संस्कृत साहित्यमा प्रकट भएका ज्ञान, वैराग्य आदिका जुनसुकै प्रसङ्ग पनि अति सुरम्य र सुललित छन् ।

संस्कृत साहित्यको लोकप्रियतामा कालिदास, वामन, भर्तृहरि, मम्मट, भरत आदि विभिन्न आचार्यहरूको महत्वपूर्ण योगदान रहेको छ । यहाँ तिनै आचार्यहरूमध्ये कवि राजा भर्तृहरि जसले आफ्नो जीवनमा पाएको वैराग्य र वर्तमान समाजलाई छुन नसकेको वैराग्यका बारेमा केही चर्चा गर्न खोजिएको छ ।

राजा भर्तृहरिको समयका बारेमा खासै निष्कर्ष नभएतापनि धेरै विद्वान्हरूको मत साउनको समय वैक्रमाब्दको लगभग आठौँ शताब्दीतिर भन्ने मानिएको छ । उनी राजा मात्र नभएर संस्कृत साहित्य क्षेत्रका ठूला विद्वान् पनि थिए भन्ने कुरा त माथि पनि उल्लेख गरिसकियो । जीवनमा उनले लेखेको प्रसिद्ध पुस्तक भर्तृहरि शतकत्रयम् हो ।

यस पुस्तकमा उनले नीति, श्रृङ्गार र वैराग्यसम्बन्धि सय सयवटा श्लोकहरूको रचना गरेका छन् । नीतिमा चाहिँ सयभन्दा नौवटा बढी श्लोकहरू रहेका छन् । पहिलो खण्ड नीति शतकमा भएका नीति नियमका विषयहरू नैतिक शिक्षाको ह्रास भइरहेको वर्तमान समाजमा अत्यन्तै उपयोगी देखिन्छन् । जान्नपर्ने विषय केहीपनि नजानेका तर अरूका बलले घोकाइ र रटाइका माध्यमले कतै झुण्डिन पुगी भुइँ न भाँडामा भएका हामीहरूलाई यस नीति भागका माध्यमले गहिरो गरी उपदेश दिएका छन् ।

उनले भन्दछन् –“जब मैले अलिकतिमात्र जानेको थिएँ, त्यसबेला म मदोन्मत्त हात्ती जस्तो रहेको थिएँ । त्यतिखेर मैले आफुले जस्तो जानेको कोही छैन भन्दै टाउको हल्लाएर मात्र हिँड्थेँ । तर जब म विद्वान्हरूका सङ्गतले अलिअलि जान्ने भएँ त बल्ल म त मूर्ख पो रहेछु भन्ने जानेर ममा भएको त्यो तातो ग्याँस हट्न पुग्यो” ।

त्यस्तै उनले यहाँ सबैको औषधी रहेको तर मूर्खको संसारमा औषधी नै नरहेको विषयलाई पनि विभिन्न उपमाका माध्यमले स्पष्ट बनाएका छन् । विद्या, सत्सङ्ग, दान, सेवा, सत्यनिष्ठता आदिको महिमा गान गाउँदै दुर्जन व्यक्तिबाट सधैँ टाढा रहनुपर्ने नियमकाबारेमा उनले यस भागमा विशेष उल्लेख गरेका छन् ।

त्यस्तै भर्तृहरिको यस पुस्तकको दोस्रो खण्डमा उनले श्रृङ्गारिक विषयका बारेमा वर्णन गरेका छन् । उनले यसमा नायिकाहरूको अङ्ग प्रत्यङ्गका बारेमा चर्चा गर्दै उनीहरूका हाउभाउ आदिकाबारेमा विभिन्न उपमाका माध्यमले वर्णन गरेका छन् । गृहस्थाश्रममा रहँदा आफ्नी पत्नीप्रति प्रेमभाव राख्दै शास्त्रीय नीति नियमका आधारमा उनीबाट सधैँ सकारात्मक ऊर्जा प्राप्त गर्दै जीवन चलाउनकालागि पनि उनले यस खण्डमा साह्रै नै रमाइला श्लोकका माध्यमले नारीहरूको प्रशंसा गरेका छन् । उनीहरूसँगको संसर्गलाई स्वर्ग सँगै तुलना गरेका छन् ।

भर्तृहरिको पुस्तकको अन्तिम खण्ड वैराग्य शतकम् हो । उनले लेखेका नीति र श्रृङ्गार शतकम् भन्दा अलि भिन्न खालका विषय यस खण्डमा राखिएका छन् । नीति नियमका उत्साहित विषयका साथ सुरु गरेका उनले स्त्रीहरूको बेजोड प्रशंसा गर्न पनि भ्याए भने अन्तिममा उनै स्त्रीहरू केही होइनन्, आखिर यो भोगी जीवन भनेको नै रोगीमय दुःखी जीवन हो भन्ने खालले प्रस्तुत भएका छन् । उनलाई यस खालको वैराग्य चाहिँ उनकै महारानीकै कारणले आएको हो भन्ने मान्यता रहिआएको छ ।

जसको प्रसङ्ग यसरी रहेको छ –“कुनै एकजना ऋषिले तपस्याबाट प्राप्त अमर हुने फललाई आफ्ना लागि भन्दापनि प्रजापालक राजालाई उचित हुने ठानी राजा भर्तृहरिलाई ल्याएर दिन्छन् । भर्तृहरिले फेरि त्यो फल आफुलाई भन्दा आफ्नी परमप्रिया रानीलाई दिन्छन् । रानीले फेरि त्यो फल उनको परमप्रिय गुप्त प्रेमीलाई दिन्छिन् ।

गुप्तप्रेमीले फेरि त्यो अमर फल आफ्नी परमप्रिया रहेकी कुनै वेश्यालाई लगेर दिन्छ । वेश्याले फेरि त्यो फल आफूले खाएर यो सबैसँग बस्नपर्ने दुःखी जीवनलाई अमर बनाउनभन्दा प्रजापालक राजालाई खुवाई उनलाई अमर बनाउन उपयुक्त हुने ठानी राजालाई ल्याएर दिन्छिन् । राजा अचम्मित हुन्छन् । पुरा घटनाका बारेमा थाहा पाउँछन् । आफ्नी परमप्रिया महारानीबाट भएको धोकाबाट उनी स्तब्ध हुन्छन् । अनि यसरी काव्यको रचना गर्दछन् –

यां चिन्तयामि सततं मयि साविरक्ता
साऽप्यन्यमिच्छति जनं सजनोऽन्यसक्तः ।
अस्मत्कृते च परिशुष्यतिकाचिदन्या
धिक् तां च तं च मदनं च इमां च मां च ।।

अर्थात् म जसका बारेमा निरन्तर चिन्तित छु उनी मेरी महारानी मबाट विरक्त छिन् । मप्र ितउनको घृणाको भाव छ भने उनको प्रेम अन्य कुनै गुप्तप्रेमीमा छ । फेरि मेरी रानीको त्यो गुप्तप्रेमी उनलाई माया नगरेर अर्की वेश्या नारीप्रति आकर्षित छ । फेरि ती वेश्या नारीको प्रेम त्यो मानिस प्रति नभएर मप्रति छ । त्यसैले तां भनेकी ती मेरी रानीलाई, तं भनेको रानीको प्रेमीलाई, मदनं भनेको कामदेवलाई, इमां भनेको यी वेश्या नारीलाई रमां भनेको मलाई पनि धिक्कार छ ।

यसरी यस घटनाबाट अर्थात् आफ्नो जीवन नै उनैका लागि अर्पेका राजाले उनीबाट धोका पाउँदा वैराग्य उत्पन्न भई आफ्नो राजकाज त्याग गरी जङ्गल पस्दछन् । वर्तमान हाम्रो समाजपनि राजा भतृहरिलाई झुक्याए जस्तो झुक्याउनेहरूको ठूलै समूहले युक्त छ । विदेशतिर गएका श्रीमान्हरूलाई एवम् स्वदेशमैँपनि आफ्नो आधा अङ्ग मानेर खाइ नखाई पालेका श्रीमतीहरूले धोका दिएर श्रीमान्लाई घर न घाट बनाएका छन् । यति हुँदापनि श्रीमान्हरूमा भने भर्तृहरिमा जस्तै वैराग्य उत्पन्न हुन सकेको छैन ।

एकजना वेठिक भए अर्की राम्री छन् कि भन्दै पुनः उमेर अवस्था नै ख्याल नगरी मातापिताको सेवामा नलागी पुनः नारी सङ्ग्रहमा नै लागिरहेको छ । अथवा श्रीमतीले जतिसुकै धोका दिएपनि उसले देखेको नदेख्यै गरेर बसेको छ । नारीहरू पनि पुरुषहरूद्वारा झुक्काइएका छन् । विहे गरेर यसो गर्छु र उसो गर्छु भन्नेहरूका पत्नीहरू अघोषित सौताहरूको पीडामा रहनुपरेको छ ।

उत्तिखेरै श्रीमान् त्याग्ने, अनि कतै हिँड्ने, पुनः फेरि त्यही श्रीमानसँग आउने र पुनः उसलाई लुटेर पुनः अर्कोतिर लाग्ने खालले समाजका केही महिलाहरू लागेका छन् । पुरुषहरू पनि आफ्नी प्रियतमामा विश्वास नलागेर अनावश्यक रूपमा के के खोज्दै हिँडिरहेका छन् । यहाँ यस खालका घटनाहरूले त भर्तृहरिलाई जस्तो वैराग्य आउनुपथ्र्यो ।

तर त्यसो हुन सकेको छैन । किनकि वर्तमान समाज उही शारीरिक प्रेममा फसेको छ । शरीरमा तागत हुन्जेल सबै सबैका प्रिय छन् तर शरीरमा तागत सक्किएपछि परिवारका सामान्य अप्ठ्याराहरू पनि पहाड बनाउँदै नयाँ अवसरको खोजी गर्ने समाजको निर्माण भइरहेको छ । पत्नीले अनेकपटक लात्ताले हान्दा पनि वैराग्य आउन सकेको छैन ।

पतिको आफुप्रतिको धोकाका साथ अनुशासनविहीन कार्य गर्दा पनि ईश्वर प्रेम आउन सकेको छैन । आउँछ त केवल बदलाको भाव । त्यही बदलाको भावको आगाको ज्वालामा आफ्नो आयु दिन प्रतिदिन नष्ट भइरहँदापनि हामीलाई भने वैराग्यले छुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?