ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

सुख्खा क्षेत्र घोषणा मात्रै गर्ने कि राहत दिने ? 

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

मधेसमा यो वर्ष पानी नपरेका कारण प्रदेश सरकारले मधेसलाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ । सङ्घीय सरकारले पनि मधेस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सङ्घीय र प्रदेश सरकारले सुक्खा ग्रस्त र सङ्कटग्रस्त क्षेत्र घोषणा मात्रै गरेका छन्, किसानलाई अहिलेसम्म कुनै राहत प्याकेज घोषणा गरिएको छैन ।

प्रदेश सरकारले सुक्खा ग्रस्त क्षेत्रका किसानका लागि अहिलेसम्म नतिजामुखी काम केही गर्न सकेको छैन । सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सङ्घीय सरकारले दुई वटा अध्ययन टोली परिचालन गर्नेबाहेक अरू काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढेको छ ।

सङ्घीय र प्रदेश सरकारले औपचारिकता पूरा गर्न घोषणा गरेका हुन भने त्यो अर्कै कुरा तर मधेसका किसानको समस्या सम्बोधनको लागि गरिएको हो भने राहतमा किन ढिलाइ ? मधेसलाई अन्नको भण्डार भनिन्छ ।

तर, मधेस यो वर्ष सुक्खा हुँदा त्यसको असर मधेसका किसानलाई मात्रै पर्दैन, त्यसले राष्ट्रिय आम्दानीमा समेत प्रभाव पर्नेछ । मधेसमा अहिले खडेरी चर्किँदै गएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मधेस प्रदेशमा जम्मा ६० प्रतिशत खेतमा मात्र धान धान रोपाइँ भएको छ । तर रोपिएको धान जल्न थालेको छ । खेतमा धुलो उडेको अवस्था छ ।

जेनतेन सिँचाइको जोहो गरेर रोपिएको खेत चिरा परेका छन् भने ब्याडमा राखिएको बिउ सुक्न थालेको छ । मधेसका आठ वटै जिल्लामा यो समस्या उस्तै छ । किसानहरू धान रोप्न नसक्दा जीविकोपार्जनको मुख्य स्रोत नै गुम्ने त्रासमा हुँदा सरकारका तर्फबाट आश्वासनबाहेक राहतको खासै योजना नआउनु चिन्ताको कुरा हो ।

मधेसमा पानीको सङ्कट निम्तिएपछि मधेस सरकारले २६ असारमा मधेस प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार प्रदेश सरकारको सिफारिसमा सङ्घ सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने व्यवस्था छ । सुक्खा ग्रस्त क्षेत्र घोषणा मात्रै गर्ने हो भने किसानलाई आश्वासनको पोका बाँडने काम गरिनु हुँदैन्थ्यो । किसानहरू सङ्घीय र प्रदेश सरकारले ठूलो राहत दिने कुरामा आशा र विश्वास गरेर बसेका छन् ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको सुख्खा ग्रस्त क्षेत्रको भ्रमण गरि ५०० डीप बोरिङ राख्ने कार्यक्रमको घोषणा गरेका छन् । तर, डिप बोरिङबाट पानी आउनै छोडेको छ । सतह मुनीको पानी समेत सुुकेको अवस्था छ । यसले कालान्तरमा ठूलो प्राकृतिक विपत्ति निम्त्याउने खतरा छ । यसतर्फ सम्बन्धित निकायको समयमै ध्यान जाओस् ।

सुख्खा ग्रस्त क्षेत्र घोषणासँगै तत्काल राहत प्याकेज ल्याइनुपर्ने मधेसका किसानको माग छ । रित्तो घोषणाले किसानहरूको समस्या समाधान नहुने निश्चित छ । यसका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्यको खाँचो छ तर तीन तहका सरकारले यो विषयमा अहिलेसम्म छलफल समेत गरेका छैनन । यो लापरवाहीको हद हो ।

मधेसमा अहिले खेतीपातीको कुरामात्रै होइन, दैनिक जीवनका लागि पनि खानेपानीको सङ्कट बढ्दो छ । इनार, कुवा र चापाकल जस्ता मुख्य पानीका स्रोत सुक्दै गएका छन् । खानेपानीको स्रोत हराउँदै जाँदा अब जीवनयापन कसरी गर्ने भन्ने गम्भीर चिन्ता सबैलाई लागेको छ । विद्युतीय मोटरबाट सिंचाइ गर्दा करेन्ट लागेर दिनहुँ किसानहरूले जीवन गुमाउनु परेको पीडा छ ।

मधेसमा यो समस्या आउँछ भन्ने कुरा नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले १४ वर्षअघि चेतावनी दिएका थिए तर सरकारले पूर्व राष्ट्रपतिको कुरा सुनुवाई गरेन, अहिले अवस्था गंभीर बनेको छ । अवको दिनमा मधेसमा खानेपानीको सङ्कट तत्काल टार्न सकिएला तर खडेरीको सामना कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण र चुनौतिपूर्ण छ ।

सुख्खा सङ्कट बढ्न थालेपछि खेतीका तौर तरिकाहरू परिवर्तनहरू गर्नुपर्ने कृषि मन्त्रालयको सुझाव छ । यो सुझाव पछि काम लाग्ला, अहिलेको मूल प्रश्न मधेसका किसानलाई सुक्खाबाट राहत कसरी दिने भन्ने हो । यसतर्फ राज्यका तिनै तहका सरकारले गंभीरढंगले सोच्नु जरुरी भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?