Butwal Today

गुल्मीको रुरुक्षेत्रमा गोठ भत्किदा गोरु पुरिए

१३ श्रावण २०८२, मंगलवार
अ+
अ-
गुल्मी, १३ साउन  ।  
अविरल वर्षाका कारण गोठ भत्किदा रुरुक्षेत्र गाउँपालिकामा एक हल गोरु पहिरोले पुरेको छ ।
रुरुक्षेत्र गाउँपालिका–२ स्थित ग्वादीडाँडा बस्ने ओमप्रकाश शाहको बिहान ९ः३० बजेको समयमा एकनाले कच्ची गोठ भत्किदा भकारामा बाँधेका दुई वटा गोरु पहिरोले पुरेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गोठ माथिबाट गएको पहिरोले गोरुलाई पुरे पनि अन्य मानविय क्षती हुनबाट जोगिएको बताईएको छ ।
घटनाको जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी हवल्दार दिनेश प्रसाद यादवको नेतुत्वमा प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गंगाबहादुर सारुले जानकारी दिएका छन ।
अवरुद्ध सडक सुचारु

त्यसैगरी, वर्षाका कारण अवरुद्ध बनेको सत्यवती गाउँपालिका –६ स्थित डहरे खोला सडक भने सुचारु बनेको छ ।

रिडी–वामीटक्सार सडकखण्ड अन्र्तगत डहरे खोलामा पानीको सतह घटेपछि उक्त सडक केहीबेर अघिदेखि पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिए ।