ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

खडेरीबिच पनि गुल्मीमा रोपाइँ प्रगति, ८६ प्रतिशत खेतमा धान रोपियो

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

गुल्मी, १३ साउन । 

बर्षायाम सुरु भएसँगै गुल्मीका किसानहरूलाई यति बेला खेत रोपाइँको चटारो सुरु भएको छ । साउन महिनामा पानी पर्न थालेपछि साउनको दोस्रो साता सकिन लाग्दा किसानहरू धमाधम खेत रोपाइँमा व्यस्त बनेका हुन् ।

यहाँका अधिकांश किसानहरू साउनको पहिलो सातासम्म खेतमा लगाएको मकै पाकेसँगै धान रोपाइँ गर्न थालेका हुन् । समयमा पानी नपरेपछि खडेरीका कारण मध्य साउनमा पनि तराईका फाँटहरू सुख्खै भए पनि गुल्मीमा भने त्यस्तो अवस्था नरहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

किसानहरू धमाधम खेतमा धान रोपाइँको काममा व्यस्त देखिन्छन् । साउन महिनाको दोस्रो सातासम्म आई पुग्दा जिल्लामा हालसम्म ८६ प्रतिशत खेतमा धान रोपाइँ भैसकेको छ ।

जिल्लामा ७ हजार ९ सय ८८ हेक्टर क्षेत्रफल मध्ये ६ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी शिवप्रसाद बन्जाडेले जानकारी दिएका छन् ।

गत वर्षको तुलनामा यस पटक खेत रोपाइँको प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म आई पुग्दा ७५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । समयमा पानी परेका कारण किसानहरूले यस पटक छोटो अवधिमा धेरै खेत रोप्ने अवसर पाएका हुन् ।

यस पटक धान रोपाइँ गर्ने प्रतिशत बढे पनि रोप्ने खेतको क्षेत्रफल भने घट्दै गएको बताइएको छ । जसका कारण धान उत्पादन हुने क्षेत्रफल मध्य यस वर्ष ९० प्रतिशत खेतमा मात्र धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बन्जाडेले बताए ।

खेतमा धान रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्याला लगायतका समस्या रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए ।

कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा जिल्लामा यस वर्ष समयमा वर्षा सुरु भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका हुन् ।

यस पटक धान रोप्नको लागि केही छल्दी फाँटमा आकाशे पानीको भर परेर बस्नु परे पनि अन्यत्र ठाउँमा भने समयमै धान रोपाइँ भएको बताइएको छ ।

जिल्लामा धान उत्पादनको कुल क्षेत्र मध्य गत वर्ष चैते धान एक हजार २८६ र बर्षे धान २३ हजार १४० मेट्रिकटन उत्पादन भएको बताइएको छ । जिल्लामा धानका हंसराज, झोप्री, थापचिनी, पाखे, मार्सी, रातो मार्सी, जडन, झिनुवा लगायतका स्थानीय जात रहेका छन् ।

उन्नत जातहरूमा साँवा मन्सुली, खुमल १, खुमल ४, हिमाली हाइब्रिड, राम धान लगायत छन् ।   जिल्लामा बढिगाड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ्ग शान्तिपुर, मजुवा लगायतका फाँटहरू धान उत्पादनको लागि मुख्य पकेट क्षेत्रहरू हुन ।

गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपिने गरेको छ भने अरू बाँकी सबै खेतहरूमा बर्खे धान लगाउने गरिन्छ । गुल्मीमा धान बाली मकैपछिको दोस्रो प्रमुख बाली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?