ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

घोराहीको न्यायिक समितिबाट ८८ प्रतिशत विवाद मिलापत्र 

१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार
दाङ, १२  साउन ।
घोराही उपमहानगरपालिकाको न्यायीक समितिले ८८ प्रतिशत विवाद मिलापत्र गराउन सफल भएको छ ।
न्यायीक समितिले अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएको २७ विवाद र गत आर्थिक वर्ष २०८१–०८२ मा दर्ता भएको १ सय ८ विवाद मध्ये ८८ प्रतिशत अर्थात १ सय १९  विवाद फछ्र्याैट गरेको छ ।
न्यायीक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीले गत साउनदेखि असार मसान्तसम्म सम्पादित कार्यप्रगति बारे जानकारी  दिदै  न्यायीक समितिमा दर्ता भएका उजुरीको न्यायीक ईजलासमम दुवै पक्षलाई राखेर छानबिन तथा छलफल गरि उल्लेख विवाद निरुपण गरिएको बताइन ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दा उपर न्यायीक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार ३२ वटा, दफा २ अनुसारका ४२ वटा, अन्य उजुरी तथा निवेदन गरि ३४ वटा र  आर्थिक वर्ष २०८०–०८१ बाट जिम्मेवारी सरी आएका २७ वटा विवाद गरि १ सय ३५ विवाद मध्ये १ सय १९ विवादको न्यायीक इजलासमार्फत मिलापत्र गरिएको र १६ वटा निवेदन प्रकृयामा रहेको न्यायीक समिति संयोजक डिसीले जानकारी  दिइन् ।
उनका अनुसार, दफा १ अनुसारका २५ वटा, दफा २ अनुसारका ४० वटा, अन्य उजुरी तथा निवेदनका २८ वटा एवम् अघिल्लो वर्षको जिम्मेवारी सरी आएको २६ वटा विवादको मिलापत्र भएको छ । अब १६ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको उनले बताइन्  ।
न्यायीक समितिमा दफा १ अन्तरगत नाबालक छोराछोरी वा पति पत्नीलाई खान लाउन वा शिक्षा दीक्षा नदिएको १६ विवादमध्ये १५ वटा,  ज्याला मजदुरी नदिएको विवाद मध्ये ३ वटा, धार्मिक, सामाजिक स्थलको प्रयोग गरणन नदिएको ४ विवाद मध्ये ३ वटा, आलीधुर, पानी बाँधको बाँडफाँड तथा उपयोग सम्बन्धि ३ विवाद मध्ये १ वटा, ज्येष्ठ नागरिक हेरचाहको १ विवाद परेकोमा फछ्र्याैट भएको छ ।
यसैगरी, घरबहाल सुविधा सम्बन्धि २ विवाद दर्ता भएकोमा दुवै मिलापत्र भएको तथा घर, जग्गा सार्वजनिक बाटोमा पानी झारेको एउटा विवाद मिलापत्र हुन बाँकी छ ।
यसैगरी, दफा २ अनुसार सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काेले मिची वा घुसाई खाएको ३६ विवाद दर्ता भएकोमा ३४ वटा मिलापत्र भएको छ ।
पतिपत्नी बिचको सम्बन्ध बिच्छेद ३ वटा दर्ता भई सबै मिलापत्र भएको, अंगभंग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट २ वटा उजुरी परेकोमा सबै फछ्र्याैट भएको न्यायीक समिति संयोजक डिसीले बताइन  । ध्वनि प्रदुषण गरी वा फोहोरमैला फ्याकी छिमेकीलाई असर पारेको १ विवाद दर्ता भएकोमा फछ्र्याैट भएको छ ।
यसैगरी लेनदेन, घरायसी झै झगडा, अंश, ऐलानी जग्गा विवादसमेतमा परेका ३४ विवाद मध्ये २८ वटा फछ्र्याैट भएको र ६ वटा प्रकृयामा रहेको तथा अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएको २७ विवादमध्ये २६ विवाद फछ्र्याैट भएको तथा १ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको छ ।
नगरप्रमुख चौधरीले कानूनी साक्षरतासँगै नागरिकलाई सहज रुपमा न्याय दिएर न्यायीक समितिले राम्रो काम गरिरहेको बताउनुभयो । घुम्ती न्यायीक शिविरमार्फत पनि पछिल्लो समय न्यायीक समितिले काम गर्दै लगेकोे हुँदा न्याय निरुपणको काम सहज भएको उनले बताइन्  ।
वडा तहमा कानुनी साक्षरता अभियान गरिएको, वडामा मेलमिलाप समिति गठन गरिएको न्यायीक समिति संयोजक डिसीले जानकारी दिइन  । सामाजिक विषयसँग जोडिएका समस्याहरु न्यायीक समितिमा उजुरी परेका हुँदा कानुनी साक्षरतासँग जिम्मेवार नागरिक बनाउन पालिकाले ध्यान दिएको बताइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?