ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

जोखिममा रहेका किशोरीहरुलाई बिउपुँजी वितरण

१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

बुटवल, १६ मंसिर ।

मानव अधिकारको रुपमा शिक्षा र यसको कार्यान्यनमा स्थानीय सरकारको भूमिका र जोखिममा रहेका किशोरीहरुलाई साना व्यवसाय सञ्चालन लागि विउ पुँजी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शारदा बस्यालले सस्थाले दिएको रकमलाई सही ठाउँमा सदुपयोग गर्दै आत्मनिर्भर बन्न किशोरीहरुलाई आग्रह गरिन् । उनीहरुलाई समाजमा आगामी दिनमा रोलमोडल भएर प्रस्तुत हुन निरन्तर लगनशील र कामप्रति उत्तरदायी भएर काम गर्न गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा बोल्दै सेतो गुराँस बाल विकास सेवा केन्द्र रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्माले रकम थोरै भए पनि त्यसलाई सही तरिकाले लगानी गर्न सके किशोरीहरुलाई व्यवसाय सुरु गर्न सहयोगी बन्न सक्ने भन्दै त्यसबाट आफुलाई व्यवसायी बनाएर आर्थिक रुपमा सबल बन्न सक्ने बताईन् । किशोरीहरु आत्मनिर्भर बन्न सके समाजमा हुने धेरै प्रकारका हिंसा कम गर्न सहयोग पुग्ने धारण उनले व्यक्त गरिन् ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश सदस्य रिमा विसीले स्थानीय तह र मानव अधिकारका विषयमा बोल्दै किशोरीहरुका हक र अधिकारका बारेमा सबै जानकार हुनपर्नेमा जोड दिईन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका भित्रका नौजना किशोरीहरुलाई प्रति व्यक्ति नगद २० हजार रुपियाँ प्रदान गरिएको जीवनका लागि सिकाई परियोजना संयोजक जीवनकुमार तामाङले बताए । उनले संस्थाले यसअघि ३५ जनालाई रकम हस्तान्तरण गरिएको भन्दै त्यसबाट आफ्नो दैनिक जीवनलाई आर्थिक रुपमा सबल बनाउन सक्षम हुने विशवास लिएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगपालिका शिक्षा शाखा अधिकृत यादव विष्ट, बुटवल उपमहानगरपालिकाको वडा नं. २ का कार्यवाहक अध्यक्ष गौतमलाल शाक्य, समिता मल्ल, मिनु श्रेष्ठ लगायतले बोलेका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर सेतो गुराँस बाल विकास सेवा केन्द्र रुपन्देही र शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्य समिति रुपन्देही, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र किडाशाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?