Butwal Today

राप्ती र गढवामा मंगलबार सार्वजनिक बिदा

१२ श्रावण २०८२, सोमबार
अ+
अ-

लमही , १२ साउन ।

दाङ-देउखुरीका केही पालिकाहरुमा साउन १३ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

थारु समुदायको गुरही पर्व, मधेसी समुदायको गुड़िया पर्व र हिन्दु धर्मावलम्बीहरूको नाग पञ्चमी पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

राप्ती ,गढवा गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै बिदासम्बन्धी जानकारी दिएका हुन।

सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय,सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा गाउँपालिका मातहतका अन्य निकायहरूमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहनेछन्।