ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

नवलपरासी प्रहरीद्वारा दुई करोडको अवैध सामान नियन्त्रणमा

आठवटा ट्याक्टर र पाँचवटा टिप्पर समातिए
१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

बुटवल, १६ मंसिर ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध चोरी तस्करी नियन्त्रणको क्रममा गएको पाँच महिनामा दुई करोड मूल्य बढीको सामान भन्सारमा बुझाएको छ ।

भारतबाट हुने चोरी तस्करी नियन्त्रणमा लागेको प्रहरीले जिल्लाभित्र हुने नदीजन्य पदार्थको चोरी होस् वा अवैध वनफँडानी गरी हुने काठ तस्करी नियन्त्रणमा समेत प्रहरीले सफलता पाएको छ । अवैध खोलानालामा नदीजन्य पदार्थ चोरी काठ तस्करीमा प्रयोग गरिएको १३ वटा वटा सवारी साधनलाई कारवाहीको दायरामा ल्याई जरिवाना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार साउन महिनामा ३० लाख ५८ हजार २ सय ३० रुपियाँ बराबरको भारतबाट चोरी तस्करी भएर आएको सामान चिनी, कपडा, भाँडाकँुडा जस्ता सामान बरामद गरी भन्सार बुझाएको छ । भदौ महिनामा प्रहरीले नबलपरासीका विभिन्न क्षेत्रबाट १४ लाख ६६ हजार ३ सय ७० रुपियाँ मूल्यको अवैध सामान नियन्त्रणमा लिएर भन्सार पठाएको छ भने जिल्लाभित्र नदीजन्य पदार्थ चोरी तस्करीबाट १ लाख ९० हजार मूल्यको काठ तस्करीबाट १८ हजार ६ गरी १६ लाख ७४ हजार ९ सय ७० बराबरको राजश्व दाखिला गरेको छ ।

असोज महिनामा १२ लाख ५४ हजार ९ सय ८० रुपियाँ बराबरको भारतबाट चोरी तस्करीको सामान भन्सार बुझाएको प्रहरीले नदीजन्य पदार्थबाट १ लाख १५ हजार मूल्यको अवैध काठ नियन्त्रणबाट २३ हजार गरी १२ लाख ९२ हजार ९ सय ८० बराबरको राजश्व दाखिला गरेको हो ।
कात्तिक महिनामा प्रहरीले भारतबाट चोरी तस्करी हँुदै नेपाल भित्रिएको १ करोड २१ लाख ८० हजार २ सय ७१ मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय बुझाएको छ ।

ढुंगा, गिट,ी बालुवा तस्करी नियन्त्रणका क्रममा १ लाख १५ हजार काठ चोरी नियन्त्रणमा ३९ हजार ९ सय ३० गरी कुल १ करोड २३ लाख ३४ हजार ४ सय १ बराबरको राजश्व जम्मा भएको प्रहरीले जनाएको छ । मसिर महिनाको १५ दिनमा १८ लाख बराबरको चोरी तस्करीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

भारतबाट चोरी तस्करी भएर आउने सामान मध्ये चिनीको मात्रा धेरै रहेको भन्दै सूचना अधिकारी पाण्डेले भन्नुभयो–“लत्ता कपडा हार्डवेयरका सामानहरु, धाराहरु समेत तस्करी भएर आउने गरेका छन् ।” प्रहरीका अनुसार खुल्ला सिमानाका कारण चोरी चस्करी नियन्त्रणमा केही कठिनाई भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?